×

NMB BANK
NIC ASIA

फाइलका विषयमा विवाद हुँदा उपमेयर र वडा सदस्यबीच कार्यालयमै कुटाकुट

चैत १०, २०७४

NTC
Premier Steels

विराटनगर, १० चैत-सुनसरीको दुहवी नगरपालिकाका उपमेयर र वडा सदस्यबीच कुटाकुट भएको छ । नगरपालिकाकी उपमेयर सुनिता दहाल र वडा सदस्य कृष्ण योञ्जनबीच कुटाकुट भएको हो ।

Muktinath Bank

दुहवी– ५ को सरस्वती माध्यामिक विद्यालयको मैदानमा उपभोक्ता समितिमार्फत भरौट भरिएको र त्यसको भुक्तानी लिनका लागि वडा अध्यक्ष रमेश रौनियार नेतृत्वको टोलीले उपमेयर सुनितालाई सदर गर्न दबाब दिँदा दुवै पक्षबीच भनाभन भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही विवाद बढेपछि कुटाकुट भयो । केही दिनदेखि वडा अध्यक्ष रौनियारसहितले उपमेयर दाहाललाई अनुगमन नै नगरी फाइल सदर गर्न दबाब दिँदै आएका थिए । ‘आज पनि आए, अनुगमन नगरी सदर गर्दिनँ भनेपछि गाली गलौज गरे,’ दहालले सञ्चारकर्मीसंग भनिन्, ‘एउटी महिलालाई मनोमानी ढंगले गाली गरेपछि मैले पनि सहेर बस्न सकिनँ ।’


Advertisment
Nabil box
Kumari

उपमेयर सुनिताले आफूले इञ्जिनियर लगेर अनुगमन गरेपछि मात्र फाइल सदर गर्ने अडान राखेकैले वडा अध्यक्ष र सदस्यले गालीगलौज गरेको आरोप लगाइन् ।

Vianet communication

यता वडाध्यक्ष रौनियारको कुरा भने फरक  छ । रौनियारका अनुसार उपमेयर दहालको कार्यकक्षमा दुवै पक्षबीच विवाद भएको हो । रौनियारले आफू बाहिर निस्किएपछि सदस्य यौन्जनलाई  उपमेयर दहालले हात हालेको आरोप लगाए ।

‘उपमेयरले हात हालेपछि स्थिति असहज बन्यो,’ उनले भने, ‘उपमेयर सुनिताका श्रीमान अनिल साह पनि पुग्नुभएको थियो ।’ विवाद हुँदा मेयर वेद गच्छदार पनि नगरपालिकामै थिए । यद्यपि सो घटना खाना खान निस्किएका बेला घटेको उनले बताए ।

‘दुर्भाग्यपूर्ण घटना भयो, घटनापछि दुवैपक्षलाई राखेर मिलाएको छु,’ गच्छदारले भने, ‘अब आइन्दा यस्तो घटना हुने छैन ।’ दुहवी नगरपालिकाका मेयर गच्छदार र उपमेयर दाहालबीच पछिल्लो समय खटपट छ  । उपमेयर दहाल वडाध्यक्ष र सदस्यलाई मेयरले नै आफूविरुद्ध उचालेको आरोप लगाउँछिन् । 

दुवै हाल कांग्रेस हुन् । त्यसो त विवाद भएको ५ नम्बर वडाका वडाध्यक्ष र सदस्य पनि कांग्रेसकै हुन् । यी सबै विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनी विजयी भएका थिए । गच्छदारको पार्टी कांग्रेससंग एकीकरण भइसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x