×

NMB BANK
NIC ASIA

काठमाडौं, २१ चैत-गत आइतवार (चैत १८) गते दिल्लीबाट काठमाडौंका लागि हिँडेको ना४ख ४५१६ नम्बरको बस सोमवार बिहान नेपाल–भारत सीमा रुपेडिया नाका हुँदै नेपाल प्रवेश गर्‍यो । भन्सार चेकजाँच गर्दा बसभित्र ३६ यात्रु र तिनका केही सामान भेटियो । बस विनाकुनै अवरोध नेपालगञ्ज आइपुग्यो ।

Muktinath Bank

बाँकेको चप्परगौंडीमा यात्रुलाई खाना खुवाएर काठमाडौंका लागि हिँडेको बस बुटवल आइपुग्दासम्म जम्मा ४ यात्रु बाँकी रहे । बसले बुटवल क्रस गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना आयो, दिल्लीबाट पर्यटक बोकेर आएको बसमा अवैध सामानहरू ल्याइएको छ । प्रहरीलाई सूचना दिने व्यक्तिले बसमा कस्तो सामान छ भन्ने बताएको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले कालीमाटीबाट एक प्रहरी टोली परिचालन गरे । मंगलवार बिहान मात्रै काठमाडौं पुग्ने बसलाई नियन्त्रणमा लिन सोमवार रातिदेखि नै कलंकी चेकपोस्टमा प्रहरी परिचालन भइसकेको थियो । मंगलवार बिहान करीब साढे २ बजेतिर बस थानकोट पुग्यो । थानकोटमा चेकजाँच गर्दा बसभित्र ४ जना मात्रै यात्रु देखिए । बसभित्र तस्करीको सामान छ भन्ने सूचना थानकोट प्रहरीलाई पनि दिइएको थिएन ।


Advertisment
Nabil box
Kumari

बस थानकोटको चेकपोस्ट क्रस गरेर कलंकी आइपुग्नै लागेको थियो, कालीमाटीबाट खटिएको प्रहरीले बीचमै बस रोक्यो । बसमा सामान्य चेकजाँचपछि प्रहरीको टोलीले बसलाई सिधै महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुर्‍यायो ।

Vianet communication

टेकु पुर्‍याएपछि बसभित्र खानतलासी शुरु भयो । बसको छतदेखि सीटकोमुनि फल्स बटन बनाई अवैधरूपमा ल्याइएका कपडादेखि केही विद्युतीय सामग्री प्रहरीले फेला पार्‍यो । 

दिल्लीबाट आएको पर्यटकीय बसबाट अवैध रूपमा ल्याइएको भन्दै प्रहरीले सञ्चारमाध्यममा विज्ञप्ती पठायो । प्रहरीको विज्ञप्तीका आधारमा सञ्चारमाध्यममा समाचार पनि आयो । जब सञ्चारमाध्यमबाट नियन्त्रणमा लिइएको बसबारे समाचार बाहिरियो, त्यति नै बेला प्रहरीले भने अर्को महत्वपूर्ण सूचना पायो, बसमा त करोडौं मूल्यको रक्तचन्दन पनि छ ।

बस छुटाउन २० लाखको बार्गेनिङ

प्रहरीले नियन्त्रणमा लिएको बस कसको भन्नेबारे अनुसन्धान भइरहँदा महानगरीय प्रहरी परिसरका केही अनुसन्धान अधिकृतलाई फोनमार्फत् एउटा प्रस्ताव आयो, ‘बस अहिले नै छाडिदिने हो भने २० लाख दिन्छु ।’

महानगरीय प्रहरी परिसरका जवानदेखि इन्सिपेक्टरसम्मलाई २० लाख दिने प्रस्ताव आएपछि बसमाथि थप खानतलासी शुरु भयो । प्रहरीले बुधवार बिहान उज्यालो नहुँदै मेकानिक्सहरू बोलाएर गाडीका सबै पार्टस् खोल्न लगायो । जब बसको सीटमुनि बनाइएको फल्स बटन खोलियो, करौडौं मूल्य पर्ने रक्तचन्दन प्याक गरेर राखिएको अवस्थामा फेला पर्‍यो ।

तस्करहरूले रक्तचन्दनका विभिन्न आकारका भाँडा बनाएर बसको डिजेल ट्याङ्क छेउको फल्स बटनमा लुकाएर काठमाडौं ल्याएका रहेछन् ।

तस्करहरूले १५ वटा भाँडा र ४७० ग्राम तौल भएको मालाका दाना बनाएर काठमाडौं ल्याएको रक्तचन्दन प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार रक्त चन्दनको कूल तौल ११ किलो छ ।

भारतबाट नेपाल हुँदै चीन तस्करी हुने रक्त चन्दन चीनमा प्रतिकेजी ५० देखि ८० लाख रुपैयाँका दरले बिक्री हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उक्त बसबाट करीब साढे ७ करोड नेपाली रुपैयाँ बराबरको रक्तचन्दन बरामद गरिएको जनाएको छ ।

बसबाट २५ लाख नेपाली रुपैयाँ बराबरको लत्ताकपडा र विजुलीका सामग्रहीहरु पनि बरामद गरेको छ ।

प्रहरीले काभ्रे घर भई काठमाडौंको नैकपा बस्ने ४२ वर्षीय बसका ड्राइभर झिल्केमान रुम्बा र बुटवल घर भई काठमाडौंको नैकापमै बस्ने २५ वर्षीय बसका सह–चालक सुजन पुनलाई पक्राउ गरेको छ । उनीहरूले बसमा अवैध रक्तचन्द भएकोबारे आफूहरुलाई कुनै जानकारी नभएको प्रहरीमा बयान दिएका छन् ।

तर यसअघि पनि २ पटक साडी लगायतका कपडा भने दिल्लीबाट काठमाडौं ल्याएको उनीहरूले बयान दिएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी पोखरेलले बताए ।

तस्करी गर्नकै लागि काठमाडौं–दिल्ली बस सेवा

अगाडि ‘टूरिस्ट’ (पर्यटक) लेखिएको बसमा देखिनेगरी पछाडि र बायाँपट्टि गरी दुईवटा मात्रै डिक्की बनाइएको छ । ती डिक्की बाहिरैबाट साँचो प्रयोग गरेर खोल्न सकिने खालका छन् । तर बसको दायाँपट्टि र सीटमुनि पनि डिक्की (फल्स बटन) बनाइएका रहेछन्, जो सबैले खोल्न सकिने खालका छैनन् । बसलाई ज्याक लगाए जमिनको सतहबाट केही उठाएर मात्रै ती डिक्की खोल्न सकिने खालका थिए ।

‘बसको तलबाट पनि डिक्की बनाइएका होलान् भनेर सजिलै अनुमान लगाउन सकिने खालको पनि छैन,’ एसएसपी पोखरेल भन्छन्, ‘त्यसैले भन्सार चेकजाँच र थानकोटको चेकजाँचमा पनि बसमा तस्करीको सामान छ भन्ने पत्ता लागेन ।’

विनासूचना यस्तो बसमा तस्करी हुन्छ भन्नेबारे कसैले पनि पत्तो नपाउने एसएसपी पोखरेलको भनाइ छ । ‘हामीसँग पूरै बस स्क्यान गरेर चेक–जाँच गर्ने मेसिन पनि छैन,’ एसएसपी पोखरेल भन्छन्, ‘अरु बसमा पनि यसरी फल्स बटन बनाइएका हुन सक्छन् । यसबारे अब अनुसन्धान गरिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x