×

NMB BANK
NIC ASIA

काठमाडौं, १९ वैशाख– ‘कम्प्युटर बेस्ड टेस्ट’ (सीबीटी) मार्फत कोरिया जानेहरु यही वैशाख १९ गते परीक्षामा सामेल हुँदैछन् । पहिलो पटक कोरिया गएर आइसकेका र पुनः जान चाहनेहरुको लागि लिइने परीक्षा सीबीटी हो । 

Muktinath Bank

सीबीटीमार्फत कोरिया जानको लागि कुल ३ हजार १सय६३ जनाले आवेदन भरेको इपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले लोकान्तरलाई जानकारी दिए । तीन हजार भन्दा बढीको आवेदन आएको भए पनि करिब ५० प्रतिशतले मात्र कोरिया जाने अनुमति पाउन सक्ने खनालको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरियाका रोजगारदाता कम्पनीहरुले यस अघि राम्रो काम गरेका कामदारलाई पुनः कोरिया बोलाउन सक्ने प्रावधान यो वर्षदेखि ल्याइएको हो ।


Advertisment
Nabil box
Kumari

सीबीटीमार्फत पुनः कोरिया जान चाहनेहरुलाई त्यहाँको रोजगारदाता कम्पनीले सिफारिस गर्नुपर्ने हुन्छ । उनीहरुले लिखित परीक्षा दिनु पर्दैन । यो भन्दा अगाडि कोरिया जानको लागि लिखित भाषा परीक्षा पास गर्नुको विकल्प थिएन । सीबीटीमार्फत कोरिया जान चाहनेहरु न्यूनतम एक वर्ष कोरियामा काम गरेर फर्केको हुनुपर्छ ।

Vianet communication

इपिएस प्रमुख खनालका अनुसार पहिलो पटक भाषा परीक्षा पास गरेर गएका कामदारहरुलाई रोजगारदाता कम्पनीले एउटा रोस्टर कायम गरेर राखेको हुन्छ, जसमा कसले कस्तो काम गरेको छ भनेर उल्लेख गरिन्छ ।
 त्यसैको आधारमा राम्रो काम गर्नेहरुले आफ्नो श्रम सम्झौता सकिएर नेपाल फर्किसकेपछि पनि पुनः कोरिया जानको लागि आवेदन दिन सक्नेछन् ।

नियमित भाषा परीक्षा कहिले हुन्छ ? 

नेपालबाट नयाँ कामदार पठाउनको लागि वैदेशिक रोजगार विभागले गत चैत ८ देखि १७ गतेसम्म अनलाइन आवेदन खुला गरेको थियो । अनलाइन परीक्षा आवेदन भर्न सबैभन्दा पहिला ग्लोबल आइएमई बैंकमा २४ अमेरिकी डलर बुझाएको भौचर र पासपोर्ट नम्बर आवश्यक पर्ने गर्छ । २०१९ को लागि करिब ८३ हजार जनाले कोरिया जानको लागि आवेदन फारम भरेका थिए, जसमध्ये करिब ७१ सय जनालाई कोरियाले रोजगारी दिनेछ ।

पहिलोपटक कोरिया जानको लागि आवेदन फारम भरेकाहरुको लागि भने जेठ २६ र २७ गते लिखित भाषा परीक्षा हुने तय भएको छ । उनीहरुलाई पीबीटी अर्थात ‘प्रोफिसिएन्सी बेस्ड टेस्ट’ भन्ने प्रक्रिया अन्तर्गत लगिन्छ । उनीहरुको भाषा परीक्षा लिखित हुन्छ ।

परीक्षा समिति कस्तो हुन्छ ? 

पीबीटी अर्थात लिखित भाषा परीक्षा कोरियन प्रतिनिधीहरुले नै लिने भएता पनि त्यसमा अनियमितता हुन नदिन र राम्रोसंग सुचारु गर्नको लागि एउटा निर्देशक समिति बनाइएको हुन्छ  । जसको अध्यक्षता श्रम मन्त्रीले गर्छन् । 

त्यस भन्दा तल अर्को परीक्षा समिति हुन्छ जसलाई श्रम मन्त्रालयको सचिवले संयोजन गरेका हुन्छन् । सो परीक्षा समितिमा प्रमुख जिल्ला अधिकृतसहित गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट पनि सदस्यको रुपमा सामेल हुन्छन् । परीक्षा समितिले समन्वय गर्ने काम गरिरहेको हुन्छ । यही आर्थिक वर्षदेखि निर्देशक समितिले पोखरामा पनि भाषा परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।

प्रक्रिया कस्तो हुन्छ ?

भाषा परीक्षा पास गर्नेहरुलाई कोरियाका रोजगारदाता कम्पनीहरुले छनोट गर्दछन् । उनीहरुले कामदार छनोट गर्ने कुनै मापदण्ड भने छैन । त्यसपछि लेबर कन्ट्रयाक्ट बनाएर उताको रोजगारदाता कम्पनीले सही गरेर नेपाल पठाइदिन्छ । इपिएस कोरिया शाखाले त्यो भाषा परीक्षामा पास भएकाहरुलाई बोलाएर लेबर कन्ट्रयाक्टमा सही गराएर उता पठाइदिन्छ । त्यसपछि भिसाको प्रक्रिया शुरु हुन्छ । कोरियाको सरकारले दूतावासमार्फत भिसाको लागि ‘सिसिबीआइ’ फारम भरिसकेपछि पास भएका आवेदकहरुको पासपोर्ट जम्मा गरेर दूतावास पठाइन्छ ।

खर्च कति लाग्छ ?

सीसीबीआइ भैसकेपछि आवेदकहरुलाई एउटा अर्को फारम भर्न लगाइन्छ । भिसा शुल्कको रुपमा पास भएका कामदारहरुबाट प्रतिकामदार रु ६००० लिइन्छ र त्यसपछि उनीहरुले मेडिकल चेकअप र अभिमुखीकरण तालिमको लागि क्रमश ५६ र ४६ डलर तिर्नुपर्ने हुन्छ । 

मेडिकल चेकअपको लागि टेकु अस्पताल, निजामति अस्पताल या पाटन अस्पताल मध्ये कुनै एउटा अस्पताल छान्नु पर्छ भने भैंसेपाटी तालिम केन्द्रमा गएर अभिमुखीकरण तालिम लिन सकिनेछ । 

माथिका प्रक्रिया सकिएपछि कामदार आफैंले हवाइजहाजको टिकट लिनुपर्ने हुन्छ । करिब एक लाख भित्र आवेदकले सबै प्रक्रिया गर्न सक्ने शाखा प्रमुख खनाल बताउँछन् ।

मेडिकल गर्न जानेहरुले कोरिया मैत्री क्षयरोग अस्पतालबाट क्षयरोगको पनि परीक्षण गराउनुपर्ने हुन्छ ।

सीबीटीमार्फत पुनः कोरिया जान चाहनेहरुले कम्प्युटर टेस्ट दिनुपर्ने हुन्छ भने पिबिटीमार्फत पहिलो पटक कोरिया जान चाहने कामदारहरुले लिखित भाषा परीक्षा दिनुपर्ने हुन्छ । 
त्यसपछिका सबै प्रक्रियाहरु लगभग उस्तै हुने कोरिया शाखा प्रमुख खनाल बताउँछन्।

कति नेपाली गए कोरिया  ? 

कोरियामा नेपाल सरकारले नै कामदारहरु पठाउने गरी २००८ मा भएको सम्झौता पछाडि अहिलेसम्म ४ लाख जातिले भाषा परीक्षाको लागि आवेदन दिएका छन् भने करिब ५७ हजार पुरुषले सो भाषापरीक्षा पास गरेका छन् । भाषा परीक्षा पास गर्ने महिलाको संख्या भने १० प्रतिशत भन्दा कम अर्थात ५५ सय मात्र रहेको छ । अर्थात ४ लाख मध्ये कूल ६२ हजार ५ सयले मात्र भाषा परीक्षा पास गर्न सफल भएका छन् ।

भाषा परीक्षा पास भएका मध्ये जम्माजम्मी ६१ हजार जतिले‘जब एप्लिकेसन फारम’ भरेका थिए । तर ति मध्ये जम्मा ५१ हजार एक सय मात्र कोरिया पुगेर काम गरेको तथ्यांक रहेको खनालले लोकान्तरलाई बताए ।

हालसम्म कति नेपाली कोरियामा अवैधानिक बसेका छन् त भन्ने प्रश्नमा खनालले आफूलाई कुनै जानकारी नभएको बताए । तर विभिन्न रिपोर्टहरुका अनुसार  अवैधानिक रुपमा कोरिया बस्नेको संख्या करिब ५ हजारको हाराहारीमा छन् ।  कोरियामा बस्ने अवैधानिक नेपालीहरुको संख्या बढ्नु त्यति राम्रो नभएको बताउँदै खनालले उक्त संख्या बढ्दै गएमा कोरियाले नेपाली कामदार कटौती गर्न सक्ने सम्भावना रहेको लोकान्तरलाई बताए ।

कोरियामा अवैधानिक बस्ने नेपालीहरुको संख्यामा कमी ल्याउने उद्देश्यले कोरियास्थित नेपाली दूतावासले कोरियन सरकारको सहयोगमा ‘ह्याप्पी होम रिटर्न’ नामक कार्यक्रम संचालन गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x