काठमाडौं, २४ वैशाख– चन्द्र भण्डारी नेपाली कांग्रेसभित्र प्रष्ट वक्ताका रूपमा परिचित छन् । कांग्रेसका कतिपय निर्णयमा उनले पार्टीभित्र फरक मत राख्छन् ।
राष्ट्रियताको पक्षमा दह्रो अडान राख्ने कांग्रेस केन्द्रीय सदस्य भण्डारी नेपालीमाथि नाकाबन्दी लगाएबापत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम गर्न खोजे पनि उनका ‘पङ्खा’ कमजोर रहेको भण्डारीको टिप्पणी छ ।
‘व्यक्तिले होइन टीमले काम गर्नु पर्ने हो, तर ओलीको टीम कमजोर छ’ भण्डारीले भने ।
कांग्रेस सुधारको पक्षमा केन्द्रीय समितिमा अन्य ६ नेतासहित फरक मत राखेका भण्डारीले कांग्रेस अब तेस्रो पुस्तामा जाने समेत बताए ।
ओली सरकारका काम, मोदीको नेपाल भ्रमण र कांग्रेसको नेतृत्व पुस्तान्तरणबारे चन्द्र भण्डारीको खरो टिप्पणी, हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :