×

NIC ASIA

को हुन् संविधानसभा चुनाव लडेर आतंकवादी संगठनमा लागेका होदा ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, २५ माघ - बारामा दुईजनाको हत्या गरेको अभियोगमा नेपाली नागरिक शमशुल होदा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय आतंकवादी संगठन समेतको कनेक्सनमा दुबईमा बसेर आतंकवादी गतिविधि चलाएको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाराले होदासहित चार जनालाई पक्राउ गरेको हो । २०७३ पुस १० गते बाराको कलैयास्थित सहजनाथ सामुदायिक वनमा भारतीय नागरिक अरुण राम र दीपक रामको हत्या भएको अवस्थामा शव भेटिएको थियो ।

लगत्तै अनुसन्धान खटिएको जिल्ला प्रहरी टोलीले घटनामा संलग्न भन्दै मोजाहिर अन्सारीलाई पक्रियो । अनुसन्धानकै क्रममा अर्का गिरी बाबा भन्ने वृजकिशोर गिरीलाई समेत प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लियो ।

त्यसपछि पुनः अर्का व्यक्ति आशिष सिंह र उमेश कुमार कुर्मी पक्राउ परे । त्यसपछि खतरनाक अभियुक्त मानिएका शमशुल होदालाई प्रहरीको विशेष ब्यूरोले पक्रिएको हो ।

भारतीय सुरक्षा निकायले समेत खोजी गरिरहेका होदा आफैं नेपाल आएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष ब्यूरोले प्रारम्भिक बयान सकेर मुद्दा प्रक्रियाका लागि होदालाई बारा पठाएको थियो ।

को हुन् मुख्य योजनाकार होदा ?

४८ वर्षका होदाको स्थायी घर परशुरामपुर बारामा छ भने सदरमुकाम कलैयामा अस्थायी बसोबास छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी नरेन्द्र उप्रेतीका अनुसार होदाको सम्बन्ध नेपाल, भारत, मलेसिया, दुबई र पाकिस्तानका अन्तर्राष्ट्रिय गिरोहस“ग देखिएको छ ।

तर कुन आपराधिक संगठनस“ग होदाको सम्बन्ध छ भन्ने बारेमा भने उनले खुलाउन चाहेनन् । सन् २००१ देखि करीब १२ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका होदा, २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बारा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए । होदास“गै उनलाई अपराधमा सहयोग गरेको भनेर अन्य चारजनालाई पनि प्रहरीले पक्रिएको छ ।

होदाका अरू चार सहयोगी को को ?

होदाका थप चार सहयोगी पनि पक्राउ परेका छन् । महागढीमाई, बाराका गिरी बाबा भन्ने वृजकिशोर गिरी, कलैया बाराका मोजाहिर अन्सारी, कलैया बाराकै आशिष सिंह र कलैया बाराका उमेश कुमार कुर्मी पक्राउ परेका छन् । पक्राउ परेका अभियुक्तहरूलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

किन मारे होदाले आफ्नै समूहका व्यक्ति ?

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न शमशुल होदाको आर्थिक अवस्था कमजोर भएपछि डेढ वर्षपहिले उनी पर्यटक भिसामा दुबई गएका थिए । दुबईमा होदाले पाकिस्तानी नागरिक सफीस“ग सम्पर्क गरे । अनि, सफीकै माध्यमबाट अन्तर्राष्ट्रिय आतंकवादी समूहस“ग सहकार्य भयो होदाको ।

त्यसपछि उनीहरूले नेपालस“ग सिमाना जोडिएको भारतको रक्सौलनजिक घोडासहन रेल्वे स्टेशन र आदापुर नकरदेही स्थित रेल्वे स्टेशनमा शक्तिशाली बम विस्फोट गराउने योजना बनाए ।

विस्फोटबापत आर्थिक लाभ लिने उद्देश्यका साथ यिनले प्रहरी नियन्त्रणमा रहेका गिरी बाबा भन्ने वृजकिशोर गिरीस“ग सम्पर्क गरे । योजनामुताबिक नै गिरी बाबाले भारतीय नागरिक राजु भन्ने उमाशंकर पटेलमार्फत मृतकद्वय अरुण राम र दीपक रामलाई विभिन्न मितिमा गरी काम फत्ते गराउन भन्दै आठ लाख रुपैया“ समेत दिए ।

यसअनुसार, उनीहरूले घोडासहन रेल्वे स्टेशनमा बम विस्फोट गराउने प्रयास गरे तर सफल भएनन् । यता, आदापुर नकरदेहीस्थित रेल्वे स्टेशनमा त बम विस्फोट नै गराए तर क्षति हुन भने पाएन ।

त्यसपछि होदाको समूहले अरुण राम र दीपक रामलाई पटक–पटक तोकिएको काम गर्न आग्रह गरे । काम पूरा हुन नसक्ने देखेपछि शमशुल होदाले नै गिरी बाबा भन्ने वृजकिशोर गिरीलाई अरुण राम र दीपक रामलाई मार्न आदेश दिए । त्यहीअनुरूप गिरी बाबा लगायतको समूहले दुईजनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कानपुरमा भएको रेल दुर्घटनामा होदा समूहको संलग्नता रहेको भारतीय समाचारसंस्थाहरूले जनाएका छन् । होदा पक्राउको घटनालाई भारतीय सञ्चारमाध्यमहरूले विशेष महत्त्व दिएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x