माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
जेठ १५, २०७५
नारायणहिटी दरबार संग्राहलय नेपालीका लागि सबैभन्दा आकर्षणको केन्द्र हो भन्दा फरक नपर्ला । यहाँ एकपटक मात्र भने पनि पुग्न नचाहने नेपाली सायदै होलान् ।
यो त्यही दरबार हो, जहाँबाट नेपालका राजा/महाराजाहरूले लामो समय शासन सत्ता चलाए । त्यतिबेला सर्वसाधारणले परबाट यसको अवलोकन गर्नु पनि सौभाग्य ठान्थे । प्रवेशद्वारको आसपासमा पनि सर्वसाधारणका लागि सहज पहुँच थिएन ।
आधुनिक नारायणहिटी दरबार वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण गरिएको हो । तत्कालीन राजा महेन्द्रको पालामा पुनर्निर्मित यस दरबारबाट उनीसँगै उनका छोराहरू वीरेन्द्र र ज्ञानेन्द्रले शासन चलाए । केही घण्टा नाति दीपेन्द्र पनि राजा घोषित भए । २०५८ साल माघ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डपछि केही घण्टा दीपेन्द्र र उनलाई पनि मृत घोषित गरिएपछि ज्ञानेन्द्र राजा बने ।
२०६२/०३३ को जनआन्दोलनपछि मुलुकमा २३७ वर्ष लामो राजसंस्था ढल्यो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषित भयो । त्यसपछि पूर्वराजा ज्ञानेन्द्रलाई त्यहाँबाट नागार्जुन दरबारमा स्थानान्तरण गराइयो ।
नेपालका तत्कालीन राजाहरूले १३५ वर्षसम्म शासनको केन्द्र र निवासको रूपमा प्रयोग गरेको यो भवनलाई २०६५ असार १ गते राष्ट्रिय संग्राहलयका रूपमा रूपान्तरण गरियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलन गरी यसलाई संग्राहलयको रूपमा घोषणा गरेका थिए ।
यहाँ सर्वसाधारणले प्रवेश पाउन भने त्यसपछि पनि ८ महिना कुर्नुपर्यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संग्राहलय सर्वसाधारणका लागि खुला गरेका थिए ।
दिनहुँ सर्वसाधारणको भीड, 'सेमी खण्डहर' बन्दै बाहिरी संरचना
नारायणहिटी दरबार संग्राहलय सर्वसाधारणका लागि खुला गरिएको करीब १० वर्ष पुग्न लाग्यो । आज पनि यहाँ सर्वसाधारणको उत्तिकै भीड लाग्छ, जति शुरुका वर्षहरूमा थियो ।
यस संग्राहलयमा पुग्नेहरूको विशेष चासो तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी हत्या भएको स्थान नियाल्ने र उनीहरूप्रति सहानुभूति प्रकट गर्नेमै हुन्छ । त्यसका साथै राजाहरूले बस्ने, खाने र शासन चलाउने स्थानलाई पनि सर्वसाधारणले चासोका साथ हेर्ने गरेका छन् ।
संग्राहलयमा परिणत गरेपछि दरबारको भित्री भागमा सर्वसाधारणका लागि जति कोठाहरू खुला गरिएका छन्, त्यसको संरक्षण पनि गरिएको छ । तर अगाडिको मोहोडाबाहेक दरबारका बाहिरी संरचनाहरू भने विस्तारै खण्डहरमा परिणत हुन थालेका छन् ।
केही दिनअघि उत्साहका साथ नारायणहिटी प्रवेश गर्दा सबैभन्दा खल्लो महसुस शौचालय प्रवेश गर्दैमा भयो । सो शौचालय धेरै भीडभाड हुने चक्रपथका सार्वजनिक शौचालयभन्दा कुनै पनि हिसाबमा माथिल्लो स्तरको थिएन ।
म समाचार संकलनका लागि नभएर बिदाको दिन पारिवारिक घुमघामका लागि त्यहाँ पुगेको थिएँ । मसँगै अर्का एक युवा पनि शौचालय प्रवेश गरेका थिए । उनले पनि शौचालयको त्यस्तो अवस्था देख्दा दु:ख व्यक्त गरे । मैले उनको नाम सोधिनँ, हामी बाहिर निस्कियौं ।
दरबार प्रवेश गरेपछि विभिन्न जिल्लाको नाममा नामाकरण गरिएका कोठाहरू, तत्कालीन राजारानीले प्रयोग गरेका सामानहरू, राजारानीका तस्वीरहरू नियाल्दै हामी अघि बढ्यौं । भित्र सबै ठीकठाक थियो । उत्सुकतापूर्वक दृष्यहरू नियाल्दै त्यहाँ लेखिएको विवरण पढ्दै अघि बढ्यौं ।
नारायणहिटी संग्राहलय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ, दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ । हाललाई खुला गरिएको मध्ये त्रिभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रिभुवनको निवासका रूपमा रहेको यस भवनमा २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड भएको थियो ।
२०६१ सालमा त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइएको छ । त्यहाँ वीरेन्द्र, ऐश्वर्य, दीपेन्द्र गोली लागी ढलेका स्थानहरू उल्लेख गरिएका छन् । यहाँ पुग्दा जो कोही पनि भावुक हुन्छन्, हामी पनि दु:खी नहुने कुरै भएन ।
जति दु:ख त्रिभुवन सदनमा दरबार हत्याकाण्ड भएको स्थान नियाल्दै गर्दा लागेको थियो, त्यति नै दु:ख दरबारपछाडिको फोहोरा बगैँचातर्फ अघि बढ्दा लाग्यो । रेलिङहरू भाँचिन थालेका रहेछन् । भूइँमा पातपतिङ्गरहरू झरेर कुहिएका थिए ।
सो क्षेत्र हिन्दी फिल्महरूमा भूत्याहा बंगलाको रूपमा प्रस्तुत गरिने भवनका बाहिरी संरचनाजस्तै प्रतित हुने गरी सेमी खण्डहर बनिसकेको रहेछ । त्यसलाई नियाल्दै गरेका एक वृद्ध भन्दै थिए, 'मान्छेबिनाको घर घरजस्तो नहुने रहेछ ।' मैले पनि उनको कुरामा सहमति जनाएँ । हामी त्यहाँबाट बाहिरियौं ।
दरबारभित्र क्यामेरा, मोबाइल सबै निषेध छ, त्यसलाई हामीले फोटोमा कैद गर्न सक्दैनौं ।
त्यहाँ पुग्ने जो कोहीले महसुस गर्न सक्छन्, नारायणहिटी दरबारको अघिल्लोतर्फको मोहोडा र भित्री संरचनाबाहेक अन्य भाग बिस्तारै खण्डहर बन्दै गएका छन् । रंगरोगन र पुनर्निर्माणको खाँचो देखिन्छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...