०४ साउन २०८३, सोमबार

नेकपाले विश्वभरका कम्युनिस्टहरूलाई एक हुन प्रोत्साहन गरेको छ – भियतनाम कम्युनिस्ट पार्टी

जेठ १७, २०७५
नेकपाले विश्वभरका कम्युनिस्टहरूलाई एक हुन प्रोत्साहन गरेको छ – भियतनाम कम्युनिस्ट पार्टी

काठमाडौं, १७ जेठ- नेकपा एमाले र माओवादी केन्द मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको भन्दै भियतनाम कम्युनिस्ट पार्टीले स्वागत गरेको छ ।

नेपाली  कम्युनिस्ट आन्दोलनका दुई शक्ति एकीकरण भएर बनेको नवगठित पार्टीले संसारभरका कम्युनिस्टहरूलाई एकताबद्ध हुन प्रेरित गरेको भियतनाम कम्युनिस्ट पार्टीका कार्यवाहक अध्यक्ष ट्रान डक लोईले बताएका छन् ।

कार्लमार्क्सको द्वीशतवार्षीकीको अवसरमा नवगठित नेकपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका भियतनाम कम्युनिस्ट पार्टीका लोईले लोकान्तरसँग कुराकानी गर्दै संसारभरका कम्युनिस्टहरू एक भएर पूँजीवादको विरुद्धमा लड्नुपर्ने आवश्यकता अौंल्याउँदै उनले नेपालका कम्युनिस्टहरूले त्यसको नेतृत्व गर्न सक्ने बताए ।

समारोहमा आफ्नो देशको कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै  भारत, बंगलादेश, पाकिस्तान लगायतका अन्य देशहरूबाट प्रतिनिधिहरू उपस्थित थिए ।  

कमेन्ट गर्नुहोस्