असार १६, २०७९
राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ । राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...
विराटनगर, २८ जेठ– रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारणले बढ्दै गएको पाइन्छ ।
गाउँका अधिकांश सर्वसाधारणको घर भत्काएपछि अहिले उनलाई समस्या समाधान गर्न सकस परेको छ । आफ्नो दलकालाई संरक्षण गर्ने र अन्यलाई वेवास्ता गर्ने गरेको आरोप पनि उनीमाथि लागेको छ । उनका पछिल्ला गतिविधि विवादित बनेका छन् ।
कुरै नसुन्ने ज्याद्रा
आमतोलाको निरञ्जन मण्डलको घर अगाडी भेटिएका अध्यक्ष मण्डल त्यहाँ सडक बिस्तारको बिषयको विवादमा थिए । उनीसँगै १ जना उनका कार्यालयका कर्मचारी थिए भने अर्का एकजना प्रहरी पनि सँगै थिए ।
निरञ्जनलाई बाटो बिस्तारको बिषय पटक्कै मन परेको थिएन । उनले बीचको भागलाई आधार बनाएर सडकको दुबैतर्फ नाप्न भने तर वडा अध्यक्ष मण्डालले मानेनन् ।
सडकको पुर्वको भागमा उनलाई भोट हालेका व्यक्तिको जग्गा कट्ने डरले उनले पश्चिमको घर भएको जग्गा काटेर सडक बनाउने रणनीति बनाउँदा समस्या आएको निरञ्जनले बताए । तर उनको कुरा वडा अध्यक्ष मण्डलले सुनेनन् ।
सुरक्षाकर्मी र एक्साभेटरसँगै लिएर हिँड्ने वडा अध्यक्ष मण्डलले आफू अनुकुलको सडक बिस्तार गर्दा निरञ्जनलाई मात्र समस्या परेको छैन । अधिकांश वडाका सबै जनताले दुःख पाएका छन् ।
वडा अध्यक्ष मण्डलले कुनै मापदण्ड नै नबनाई विना डिजाइनिङ् मनोमानी ढंगले सडक निर्माण गरिरहेको भन्दै स्थानीयवासी रुष्ट देखिएका छन् । उनले आफ्नो समर्थक र आफन्तको घर जोगाउने अन्यको भत्काउने गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
वडा अध्यक्ष मण्डलले सडकमा पर्ने घर तत्काल एक्साभेटर लगाई भत्काइदिने गरेको र त्यसको विरोध गर्नेलाई सँगै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी लगाएर कारबाही गर्ने भन्दै तर्साउने र अभद्र व्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ ।
सबैका एकैखाले समस्या
त्यँही नजिकै भेटिएका तत्कालिन आमगाछिका गाविस अध्यक्ष जीतलाल मण्डलले वडामा भइरहेको सडक निर्माणले वडाबासीलाई आतंकित बनाएको बताए । ‘वडा अध्यक्ष मण्डलले मनपरी ढंगले आफू अनुकुल सडक खन्ने कार्यवाट वडाबासी आतंकित भएका छन्’ उनले भने, वडा अध्यक्षले भने अनुसारको काम गरेन भने तत्काल डोजर लगाई हाल्छन् यो ठिक हैन ।’
आफूले पनि जनप्रतिनिधि भएर काम गरेको अनुभव सुनाउँदै उनले जनप्रतिनिधि कहिल्यै निरंकुश हुन नहुने बताए । तर अहिलेको काम हेर्दा जनतालाई दुःख दिने मात्र काम भएको उनले सुनाए ।
रंगेली नगरपालिका वडा नम्बर ५ का अधिकांश स्थानाका घरहरू भत्काईएका छन् । त्यसमा केही स्वार्थ राखेर आफ्नालाई संरक्षण गर्ने कामले वडा अध्यक्ष मण्डललाई विवादित बनाएको छ । एकापटी घर र अर्को तर्फ खाली जग्गा रहेको श्रीप्रसाद मण्डलको खाली जग्गाबाट सडक लैजानुस् न भन्दा अटेर गरी घरमा डोजर हानेर भत्काइएको स्थानीले बताए ।
खाली जग्गाबाट सडक खनेको भए सडक सीधा हुने थियो । तर व्यक्तिगत वैमनश्यताले घर नै भत्काएर सडक खनेको श्रीप्रसादले गुनासो गरे ।
उनले वडाध्यक्षले आफ्नो घर सामुन्ने ३० फिट सडक पु¥याउन घरमा एक फिट जाँदा घर नै भत्काई दिएको बताए । उनले भने, ‘मेरो घरभन्दा दक्षिणमा रहेको उनको भिनाजु पर्नेको घर सामुन्नेमा भने २८ फिटमा नै सडक निर्माण गरियो । यो भेदभाव आँखै अगाडी छ ।’
यस्तै स्थानीय सञ्जय मण्डलको घर अगाडी १२ फिटको सडक नक्सामा काटेको र दुबै तर्फ ९÷९ फिटको जग्गा लिएर जग्गा बनाउँदा पनि पर्खालसम्म आउने र एक फिट बाँकी हुने थियो । वडा अध्यक्षले पर्खाल नै भत्काएर सडक निर्माण गरेको उनले गुनासो पोेखे ।
अहिलेकै जसरी काम गर्ने हो भने पाँच बर्षको अवधिमा ७ कठ्ठा जग्गा मासेर जनप्रतिनिधिले सिध्याईदिने उनले बताए । यस्तो समस्या रंगेलीको भेडवा देखि भारतीय सिमा क्षेत्र आमगाछीसम्म बिस्तार हुन लागेको सडकसँगै गाउँका अन्य सडकमा देखिएको छ ।
गोप्य उपभोक्ता समिति
वडा अध्यक्षले सडक निर्माणको बिषयमा समेत विवादास्पद काम गरेका छन् । सडक निर्माणको लागि गोप्य रुपमा नै वडा अध्यक्षले आफ्ना मामाका छोरा अजय मण्डलको नेतृत्वमा उपभोक्त समित गठन गरेको स्थानीय सु्रेन्द्र मण्डलले आरोप लगाएका छन् ।
गत चैत २१ गते वडा कार्यालयले दिउँसो १ बजे भेला बोलाएकोमा निर्धारित समयभन्दा पहिले बिहान ९ बजे नै उपभोक्ता समित गठन भइसकेको थियो । वडा अध्यक्षले गर्दै आएको व्यवहारको रंगेलीका मेयर दिलीप बगडीया अग्रवालले समर्थन गर्ने गरेको स्थानीयको आरोप छ ।
वडा अध्यक्ष मण्डलले आफू अनुकुल उपभोक्ता समिती गठन गरेको स्वीकार गरे ।
राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ । राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...
रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा आज आय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...
सीमानाकाबाट सामान खरिद गरेर ल्याउन सहज बनाइदिने नाममा पक्राउ परेका सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। नवलपरासी नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) म...
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तिय...
बिचौलियाको काम गरेको अभियोगमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट एक बिचौलिया बनेर सर्वसाधारणलाई दुःख दिने एक जना पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...