०३ साउन २०८३, आइतबार

सुआरेजको एक मात्र गोलले उरुग्वे र रुस नकआउट चरणमा प्रवेश

सुआरेजको एक मात्र गोलले उरुग्वे र रुस नकआउट चरणमा प्रवेश
Photo : goal.com

काठमाडौं, ७ असार -लुइस सुआरेजको एक मात्र गोलको मद्दतमा उरुग्वे र रुस 'समूह ए'बाट १ खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

सोही समूहमा रहेका इजिप्ट र साउदी अरेबियाको यात्रा भने समूह चरणमै समाप्त हुने भएको छ ।

साउदी अरेबियाविरुद्ध गएराति भएको खेलको २३औं मिनेटमा सुआरेजले गरेको एकमात्र गोल उरुग्वेको जीतका लागि निर्णायक बन्यो ।

थप अवधिमा दुवै टोलीबाट गोल हुन सकेन र खेल उरुग्वेले जित्यो ।

जीतसँगै उरुग्वेले ६ अंक जोडेको छ । रुसको यसअघि नै ६ अंक छ । इजिप्ट र साउदी अरेबिया भने अंकविहीन छन् ।

salt training

कमेन्ट गर्नुहोस्