×

NMB BANK
NIC ASIA

निर्मला हत्या प्रकरण : सेवाबाट हटाइएका विष्ट र भट्टविरुद्ध फौजदारी मुद्दा दर्ता हुन्छ ?

कात्तिक ९, २०७५

NTC
Premier Steels

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना पुग्नै लागेको छ । घटनाका मुख्य अभियुक्त भने अझै पत्ता लाग्न सकेको छैन । 

Muktinath Bank

घटना भएको दिनदेखि प्रारम्भिक अनुसन्धामा हेलचेक्र्याइँ गरेको, प्रमाण नस्ट गरेको तथा पीडित परिवारलाई धम्क्याएको अभियोग लागेका दुई प्रहरी अधिकृत सेवाबाट हटाइसकिएका छन् । कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक ९एसपी० डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश भट्टलाई गृह मन्त्रालयले बिहीवार सेवाबाट हटाइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानमा गम्भीर लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको अभियोग लागेका दुई प्रहरी अधिकारी प्रहरी ऐनअनुसार सेवाबाट हटाइएका छन् । तर, अब प्रश्न उठ्न थालेको छ, वास्तविक अपराधी कहाँ छन् ?


Advertisment
Nabil box
Kumari

विष्ट र भट्टलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी’ सेवाबाट हटाउने निर्णय गरेपछि सर्वसाधारणले निर्मला प्रकरणमा सरकारको भूमिकाप्रति अझै आशंका गरिरहेका छन् । विष्ट र भट्टलाई सेवाबाट हटाउने गृह मन्त्रालयको निर्णयपछि सामाजिक सञ्जालमा उनीहरुविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान हुनुपर्ने माग बढेको छ । 

Vianet communication

प्रहरी प्रधान कार्यालयले असोज २९ गते (सोमवार) गृह सचिवलाई पत्र लेख्दै विष्ट र भट्टलाई सेवाबाट हटाउन अनुरोध गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोलीले गरेको स्थलगत अनुगमन र अनुसन्धानबाट निर्मला हत्या प्रकरणको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख र वडा प्रहरी कार्यालय प्रमुखले गम्भीर लापरवाही गरेको देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले दुबैजनालाई बर्खास्त गर्न माग गरेको थियो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको स्थलगत अनुगमनका क्रममा प्रहरी कर्मचारीबाट चरम लापरवाही भएको, गैर व्यवसायीक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानूनी व्यवस्था समेत पालना नभएको तथ्य फेला प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ । यस्तै बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्नसक्ने बस्तु, भित्री बस्त्रहरु पानीमा चोपलेको, गृप्ताङ्ग, तिघ्रा पखालेको तथा भित्री बस्त्र नै लोप भएको, तत्काल नेपालमै नरहेका मृतकका बुवाको किर्ते दस्तखत गराइएको, मृतकको शवको अन्त्येष्टी गर्न पीडित परिवारलाई अनावश्य प्रभाव, दवाव र धम्की दिएको पनि प्रहरी प्रधान कार्यालयले गृहलाई लेखेको पत्रमा उल्लेख छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कुनै घटनासँग सम्बन्धित प्रमाण नस्ट गर्ने कार्य घटनाको मतियार हुनु हो

विष्ट र भट्टले गरेको फौजदारी अभियोग

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको पत्रमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख विष्ट र वडा प्रहरी कार्यालयका प्रमुख भट्टले निर्मलाको बलात्कारपछि हत्या घटनाका प्रमाण नस्ट गरेको उल्लेख छ । प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएअनुसार घटनाको ढाकछोप गर्ने उद्देश्यले बिष्ट र भट्टले बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्नसक्ने बस्तु, भित्री बस्त्रहरु पानीमा चोपलेको, गृप्ताङ्ग, तिघ्रा पखालेको तथा भित्री बस्त्र नै लोप पारेका छन् । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कुनै घटनासँग सम्बन्धित प्रमाण नस्ट गर्ने कार्य घटनाको मतियार हुनु हो । अपराध संहिताको दफा (३६) को उपदफा (२) मा ‘कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्याउने व्यक्ति मतियार मानिनेछ,’ भनेर उल्लेख गरिएको छ । 

कुनै कसूरको मतियार बन्ने व्यक्तिलाई दफा (३६) को उपदफा (३) को खण्ड (क) र (ख)मा सजायको व्यवस्था गरिएको छ । उपदफा (३) को खण्ड (क) मा ‘अपराधिक षड्यन्त्रण्मा संलगन भइ कसूर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरुद्ध कसूर गरिएको हो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट बञ्चित गराउने वा कसूर गर्न आदेश वा सल्लाह दिनेलाई त्यस्तो कसूर निजले गरे सरह हजाय हुने’ व्यवस्था गरिएको छ । यस्तै खण्ड (ख)मा ‘खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए कसूर भए गरेको कामको निजको संलग्नताको मात्राअनुसार त्यस्तो कसूर गरे बापत हुने सजायको बढीमा आधासम्म सजाय’ हुने व्यवस्था गरिएको छ । 

विष्ट र भट्टविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान हुन्छ ?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी विष्ट र भट्टको भूमिकामाथि अहिले पनि अनुसन्धान चलिरहेको बताउँछन् । अहिले चलिरहेको अनुसन्धानबाट उनीहरुले निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा अपराधीको मतियार हुनेजस्तो कार्य गरेको देखिएमा फौजदारी अभियोगमा अनुसन्धान हुने एसएसपी सुवेदीको भनाइ छ । 

‘उनीहरुको भूमिकाका विषयमा अहिले पनि सिआईबीले अनुसन्धान गरिरहेको छ,’ सुवेदीले लोकान्तरसँग भने, ‘यदी अनुसन्धानबाट उनीहरु कसूरको मतियार देखिन्छन् भने फौजदारी मुद्दामा छानबिन हुन्छ ।’

अबको प्रकरणमा परिवारका सदस्यले बढी सक्रिय हुनुपर्ने निर्मला प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुवेर सिंह कडायत कसैले अदालतमा मुद्दा दायर गरे आफूहरुले फौजदारी अभियोगमा विष्ट र भट्टमाथि अनुसन्धान अगाडि बढाउने बताए । 

‘हाम्रो तर्फबाट उनीहरुमाथि पहिलो चरणको अनुसन्धान अहिले पनि चलिरहेको छ । उक्त अनुसन्धान निष्कर्शमा पुगेपछि थप निर्णय लिन सकिन्छ,’ एसपी कडायत भन्छन्, ‘यदी कसैले उनीहरुविरुद्ध अदालतमा फौजदारी अभियोगको मुद्दा दर्ता गर्छ भने प्रहरीले त्यसमा अनुसन्धान गर्छ ।’

निर्मलाका परिवारले किटानी जाहेरी दिएमा नि ? भन्ने लोकान्तरको प्रश्नमा कडायतले भने, ‘पीडित परिवारले जाहेरी दिएमा हामीले दर्ता गर्छौं । त्यसपछि प्रक्रिया अनुसार नै अनुसन्धान अगाडि बढाउँछौं ।’

निर्मलाका बुवाको सक्रियता खोइ ?

निर्मलाको हत्या भएको ४ महिनाको अवधिमा स्थानीय र देशभरका सर्वसाधारणले गरेको विरोध प्रदर्शन र आन्दोलनका कारण सरकार गम्भीर भएको देखिन्छ । तर, अबको प्रकरणमा परिवारका सदस्यले बढी सक्रिय हुनुपर्ने निर्मला प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यको भनाइ छ । 

‘एसपी बिष्ट र इन्सपेक्टर भट्ट घटनामा कुनै न कुनै प्रकारले संलग्न रहेको भन्ने आधारमा नै सरकारले उनीहरुलाई सेवाबाट हटाएको हो,’ ती सदस्य भन्छन्, ‘निर्मलाको बलात्कारपछि हत्या प्रकरणको धेरै विषय उनीहरुको जानकारीमा छ भन्ने विषय छानबिन समितिले पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । अब उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे मुख्य अभियुक्तसम्म पुग्ने बाटो पहिल्याउन सकिन्छ ।’

अहिलेका लागि मुख्य अभियुक्तसम्म पुग्ने माध्यम सेवाबाट हटाइएका एसपी बिष्ट र इन्सपेक्टर भट्ट नै भएको ती सदस्यको दावी छ । ‘अब निर्मलाका बुवा यज्ञराज र उनको परिवारले सक्रिय हुनुपर्ने बेला आएको छ,’ ती सदस्य भन्छन्, ‘निर्मलाका बुवाले विष्ट र भट्टविरुद्ध किटानी जाहेरी दिए छानबिन प्रक्रिया थप प्रभावकारी रुपमा अगाडि बढ्न सक्छ । यसमा पीडित परिवार चुक्नु हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x