×

NMB BANK
NIC ASIA

काठमाडौं – नेपाल कपडा उद्योग संघको आह्वानमा बन्द भएका कपडा उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

Muktinath Bank

बन्द रहेका कपडा उद्योगहरू अर्थमन्त्री युवराज खतिवडाले १० दिनभित्र उद्योगीका माग सम्बोधन गर्ने आश्वासन दिएपछि सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपडा उद्योग संघ र अर्थमन्त्री डा. युवराज खतिवडाबीच आइतबार भएको भेटमा मन्त्री खतिवडाले समस्या सामाधान गर्ने बताएकाले आफूहरूले बन्द गरेका कपडा उद्योग पुनः सञ्चलनमा ल्याउने निर्णय गरेको कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले मन्त्रीज्यूसँग भेट गर्‍यौं,’ अध्यक्ष प्रधानले भने, ‘मन्त्रीज्यूले १० दिनभित्र समस्या सामाधान गर्ने बताएकाले आजैदेखि सबै उद्योग खोल्ने निर्णय गरेका हौं ।’

Vianet communication

यसअघि सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् कपडा उद्योगीलाई दिइँदै आएको भ्याट फिर्ताको प्रावधान हटाएको थियो ।

सरकारले भ्याट फिर्ताको प्रावधान हटाएपछि आफूहरूलाई उद्योग सञ्चालनमा समस्या भएको उद्योगीले बताउँदै आएका थिए ।

सरकारले कपडा उद्योगलाई बढावा दिने उद्देश्यले दिएको भ्याट फिर्ताको सुविधा उद्योगीहरूले दुरूपयोग गर्न थालेपछि भ्याट फिर्ताको प्रावधान चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् हटाएको थियो । 

संघले भ्याट छुटको प्रावधान हटाएपछि सो बराबरको रकम नगद अनुदानमा पाउनुपर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने लगायतका माग उद्योगीले राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x