×

NMB BANK
NIC ASIA

मेलम्चीको पानी दुई महिनाभित्रै काठमाडौं आइपुग्ने खानेपानी सचिवको दाबी

मंसिर १६, २०७५

NTC
Premier Steels

काठमाडौं – खानेपानी सचिव गजेन्द्र ठाकुरले आगामी दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दाबी गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिको आइतवार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै खानेपानी सचिव ठाकुरले यस्तो दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व प्रधानमन्त्री समेत रहेका समिति सदस्य झलनाथ खनालले मेलम्चीको पानी काठमाडौं कहिले आइपुग्छ भन्ने प्रश्न गर्दै मिति तोक्न आग्रह गरेका थिए । 


Advertisment
Nabil box
Kumari

खनालको प्रश्नको जवाफ दिँदै सचिव ठाकुरले दुई महिनाभित्रै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्ने दाबी गरे ।

Vianet communication

‘६० दिनमा प्राविधिक काम सकिन्छ,’ उनले भने, ‘त्यसको एक हप्ताभित्रै पानी सुन्दरीजलमा झर्छ ।’

यसअघि विभिन्न प्राविधिक काममा भएको ढिलाइका कारण पानी आउन नसकेपनि अबको दुई महिनामा कुनै पनि हालतमा पानी आइपुग्ने सचिव ठाकुरको दाबी थियो ।

मेलम्ची खानेपानी समितिका कार्यकारी निर्देशक सूर्यराज कंडेलले टनेलको काम बाँकी रहेकाले अझै केही सयम लाग्ने बताए । 

उनले ठेकेदार कम्पनीलाई केही रकम उपलब्ध गराउन बाँकी रहेको र रकम उपलब्ध गराउन नसकेमा कार्य लम्बिन सक्ने बताए ।

बैठकमा खानेपानी मन्त्री बीना मगरको उपस्थिति थिएन । उनको अनुपस्थितिप्रति अधिकांश सांसदहरूले आक्रोस व्यक्त गरे ।

यसअघि मन्त्री मगरले दशैंभित्रै मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x