०३ साउन २०८३, आइतबार

नेकपा बैठकमा सरकारको चर्को आलोचना, सचिवालय असफल भएको आरोप

पुस २, २०७५
नेकपा बैठकमा सरकारको चर्को आलोचना, सचिवालय असफल भएको आरोप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा विहान साढे ११ बजेदेखि बसेको बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय र वामदेव गौतमले पेश गरेको दस्तावेजमाथि आफ्नो धारणा राखेका थिए । 

वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आजको बैठकमा आफ्नो धारणा राखेका थिए । 

बैठकमा आफ्नो धारणा राख्दै नेता गौतमले आफ्नो प्रतिवेदन पुरक र फरक दस्तावेज नभइ सहयोगी दस्तावेज भएको बताएका थिए । 

धारणा राख्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन र सरकारका कामकारवाहीका विषयमा चर्को आलोचना गरेका थिए । 

बैठकपछि स्थायी कमिटी सदस्य योगेश भट्टराईले दुई तिहाइ नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे । ‘सरकारका काम कारवाही त्यति प्रभावकारी छैनन्, केही राम्रो काम गरेको छ तर कतिपय निर्णयहरु गर्दा पार्टीमा कुनै छलफल भएन ।’

अर्का नेता घनश्याम भुसालले पार्टीको सचिवालय असफल भएको बैठकपछि सञ्चारकर्मीहरुसँग बताए । सचिवालय असफल भयो, सचिवालयको व्यक्तिगत क्षमता र योग्यता देखियो’ भुसालले भने,‘प्रदेश कमिटीहरुमा आफ्ना मान्छे खोजिखोजी राख्ने काम भयो ।’

पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले बैठक भोलि विहान ८ बजे बस्नेगरि सकिएको जानकारी दिए । 

आज बसेको बैठकमा नेता हरिबोल गजुरेलले छुट्टै प्रस्ताव पेश गरेका छन् । उनले पार्टी सञ्चालन र सरकार सञ्चालन बारे आफ्नो प्रस्तावमा धारणा राखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्