०४ साउन २०८३, सोमबार

नेकपा बैठकमा भीम रावलले पनि पेश गरे लिखित दस्तावेज, एसिया प्यासिफिक सम्मेलनबारे आक्रोश

पुस ३, २०७५
नेकपा बैठकमा भीम रावलले पनि पेश गरे लिखित दस्तावेज, एसिया प्यासिफिक सम्मेलनबारे आक्रोश

काठमाडौं –प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेता भीम रावलले पनि छुट्टै लिखित दस्तावेज पेश गरेका छन् ।

राजधानीमा केही दिनअघि सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक बनेकोमा रावलको तीव्र आक्रोश छ । धर्मपरिवर्तन गराउनका लागि गतिविधि गर्दै आएको विवादास्पद् संस्थाको कार्यक्रम नेपालमा गर्न दिएको र त्यसमा सरकार सहआयोजक बनेकोमा रावलको तीव्र असन्तुष्टि छ ।

‘मैले १४ पृष्ठ लामो लिखित धारणा पेश गरेको छु,' नेता रावलले लोकान्तरसँग भने- 'मेरो तीव्र विरोध अस्ति भर्खर आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनका सम्बन्धमा छ ।’

रावलले पेश गरेको दस्तावेजमा नेकपाको विधानका सम्बन्धमा उठेका विषयदेखि चुनावी घोषणापत्र, कार्यदलको प्रतिवेदन, त्यसको कार्यान्वयन लगायतका विषय समावेश छन् ।

मंगलवारको बैठकमा रावलका अलावा नेताहरू शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेका छन् । 

मंगलवार बिहान ८ बजेबाट शुरू भएको बैठक बिहान ११ बजे सकिएको थियो । अर्को बैठक बुधवार (भोलि) बिहान ८ बजेबाट शुरू हुने नेता रावलले जानकारी दिए ।

नेकपा स्थायी समिति बैठक मंसिर २९ गतेदेखि शुरू भएको हो ।

यसअघिको बैठकमा धारणा राख्ने क्रममा नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका थिए । सरकारको काम कारवाहीलाई लिएर पनि नेताहरूको आक्रोश छ ।

salt training

कमेन्ट गर्नुहोस्