
काठमाडौं–इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनका सहयोगीले उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेका छन् ।
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ९ दिनदेखि अनसनरत डा केसीको मुटुमा समस्या देखिएपछि उनका सहयोगीले बिहीबार राति नै काठमाडौं ल्याउने तयारी गरेका हुन् ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन तयार भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
उनले भने, ‘डा केसीको स्वास्थ्य अवस्था जटिल भएपछि अलिहे काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’
उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको सुवेदीको भनाई छ ।