×

NMB BANK
NIC ASIA

बूढीगण्डकी जलविद्युत् आयोजना : पेट्रोलियम पदार्थको करबाटै उठ्यो कुल लागतको १० प्रतिशत रकम

माघ २३, २०७५

NTC
Premier Steels

काठमाडौं – बहुप्रतिक्षित बूढिगण्डकी जलविद्युत् आयोजना निर्माणमा लाग्ने अनुमानित कुल रकमको १० प्रतिशत रकम पेट्रोलियम पदार्थमा लगाइएको करबाटै संकलन भएको छ ।

Muktinath Bank

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि २०६९ सालमा २ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । यद्यपि लागत बढेर ३ खर्ब नाघ्न सक्ने आंकलन पनि छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल आयल निगमले इन्धन आयात तथा बिक्रीबापत बूढिगण्डकीका नाममा संकलन गर्दै आएको रकम अनुमानित लागतको करीब १० प्रतिशत पुगिसकेको छ ।


Advertisment
Nabil box
Kumari

निगमका अनुसार बूढीगण्डकीका नाममा संकलन गरिँदै आएको रकम हालसम्म करीब २८ अर्ब रुपैयाँ पुगेको छ । बूढीगण्डकी शीर्षकमै संकलन भएको रकम २२ अर्ब रुपैयाँ र शीर्षक परिर्वतनपछिको समेत गरेर करीब २८ अर्ब रुपैयाँ संकलन भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । यो रकम अनुमानित कुल लागतको १० दशमलव ७७ प्रतिशत हो ।

Vianet communication

यसअघि बूढिगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सोही शीर्षकमा इन्धन आयात तथा बिक्री बापत रकम संकलन गरिँदै आएको थियो । पछिल्लो समय सोही शीर्षकलाई ‘पूर्वाधार कर’ बनाएर रकम संकलन गरिँदै आएको छ ।

‘बूढीगण्डकीकै नाममा करीब २२ अर्ब रुपैयाँ पुगेको छ,’ निगमका प्रवक्ता गोइतले लोकान्तरसँग भने, ‘पूर्वाधार शीर्षकमा समेत गरेर करीब २८ अर्ब रुपैयाँ पुगिसकेको छ, ।’

घर गोठको मुआब्जा वितरणका लागि अध्ययन

ऊर्जा मन्त्रालयले बूढीगडण्की जलविद्युत् आयोजना निर्माणका लागि अध्ययन भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका बूढीगण्डकी जलविद्युत् आयोजना इकाई प्रमुख कृष्णबहादुर कार्कीले बूढीगण्डकी जल विद्युत् आयोजनाले प्रभावित हुन सक्ने स्थानीय घर, गोठ, फलफूल लगायतका वस्तुको अध्ययन भइरहेको जानकारी दिए । 

‘जिल्ला मुआब्जा निर्धारण समितिले त्यहाँको घर, गोठ, फलफूल लगायतका वस्तुको मुल्याङ्कन गरिरहेको जानकारी दिएको छ,’ उनले भने, ‘त्यसपछि घर–गोठको मुआब्जा वितरणका लागि आवश्यक तयारी गरिने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x