×

NMB BANK
NIC ASIA

वर्षैभरि विषैविषै खाने, एक हप्ता विषमुक्त कार्यक्रम मनाउने

फागुन ७, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपालमा वार्षिक ६ सय ३५ मेट्रिक टन विषादीको खपत हुने गरेको छ ।

Muktinath Bank

नेपालमा किटनाशक, रोगनाशक र झारपातनाशक गरेर वार्षिक ६ सय ३५ मेट्रिक टन विषादी आयात हुने र अधिकांश तरकारीमा प्रयोग हुने गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कअनुसार वार्षिक  १ सय ६९ मेट्रिक टन किटनाशक, ३ सय ४७ मेट्रिक टन रोगनाशक र १ सय ५ मेट्रिक टन झारपातनाशक विषादी आयात हुने गरेको हो ।


Advertisment
Nabil box
Kumari

केन्द्रका अनुसार नेपालमा विषादीको प्रयोग वर्षेनी बढ्दै गइरहेको र औषतमा वार्षिक ७५ करोड रुपैयाँ विषादीको लागि मात्रै खर्च भइरहेको केन्द्रले जानकारी दिएको छ ।

Vianet communication

नेपालमा कृषि जन्य उत्पादनमा हुने विषादीको प्रयोगको ८५ प्रतिशत हिस्सा तरकारीमा मात्रै खपत हुने गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराज शर्माले बताए ।

तरकारी बालीमा प्रति हेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुने गरेको उनले बताए ।

एक हप्ता विषादीमुक्त कार्यक्रम

केन्द्रले सोमवारदेखि एक हप्ता विषादीमुक्त कार्यक्रमको आयोजना गरेको छ ।

मुलुकका विभिन्न जिल्ला तथा स्थानीय तहमा गरी ‘विषादी प्रयोग मुक्त सप्ताह २०७५’को आयोजना गरेको हो । ‘पोषण सुरक्षा र खाद्य स्वतन्त्रता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने मुल नाराका साथ साताव्यापी कार्यक्रमको मनाइरहेको हो ।

कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट छुट्याइएको र सोही बजेटको सीमाभित्र रहेर विषादीका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै विषादीमुक्त सप्ताह मनाउन लागिएको केन्द्रका प्रमुख शर्माले बताए ।

शर्माले वर्षभरी विषादीको प्रयोग गरेर एक हप्तामात्रै कर्यक्रमको आयोजना भनेर सोच्न नहुने बताए । ‘हामीले वर्षभरी पनि विभिन्न कार्यक्रम गरेर तथा सञ्चारमाध्यममार्फत् पनि विषादीका बारेमा जनचेतनामुलक प्रचार गरिरहेका हुन्छौं,’ उनले भने, ‘त्यसबाट पनि विषादीको बारेमा धेरै जनचेतना बढेको छ र यो एक हप्ता गरिएको कार्यक्रमले पनि आम जनमानसको धारणामा निकै परिवर्तन आउँछ भन्ने हो ।’

त्यस्तै उनले विगतका वर्षहरूमा गरिने यस्ता कार्यक्रमले विषादीको कम प्रयोग गराउन सहयोग गरेको दावी गरे ।

नेपालमा सन् २०१३ देखि 'विषादीमुक्त सप्ताह' मनाइँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x