×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश सरकारले ३ जिल्लामा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन गर्ने

फागुन १३, २०७५

NTC
Premier Steels

पोखरा - गण्डकी प्रदेश सरकारले ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन गर्ने भएको छ । सरकारले प्रदेशभित्रका मुख्य राजमार्गमा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका बिरामीलाई तत्काल उपचारात्मक सेवा प्रदान गर्न ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनको योजना अगाडि  बढाएको हो ।

Muktinath Bank

पहिलो चरणमा पर्वत, स्याङजा र तनहुँ जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’का रूपमा विकसित गर्ने योजना अगाडि बढेकोछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाइवे ट्रमा घुम्ती अस्पताल’का रूपमा अगाडी बढाइने स्वास्थ्य संस्थाहरुमा तनहुँको दमौली जिल्ला अस्पताल, स्याङजाको वालिङस्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र पर्वतको तिलारस्थित रहेको  डिमुवा स्वास्थ्य केन्द्र रहेका छन् ।


Advertisment
Nabil box
Kumari

३ जिल्लामा रहेका स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विककास गर्न सामाजिक विकास मन्त्रालयले चालु वर्षमा प्रत्येक अस्पताललाई ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।

Vianet communication

तत्कालै सञ्चालमा आउने ती अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन्। सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी आवश्यक उपकरण र औषधको समेत ब्यवस्था गरिने सूचना अधिकृत शर्माले बताए। ‘एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने छ’ उनले भने।

अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । ‘गण्डकी प्रदेशको सडक दुर्घटनालाई न्यूनिकरण गर्ने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो’, सूचना अधिकृत शर्माले भने । ‘अभियानले तत्कालै उपचार नपाएर मृत्यु हुनेको संख्यामा कमी आउने छ।’

यस अधि सामाजिक विकास मन्त्रालयको आर्थिक एवं प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अक्सिजन प्लान्ट समेत स्थापना गरिएको छ।

सामाजिक विकास मन्त्रालयको ७० लाख रुपैयाँको अनुदानमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको शर्माले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x