×

NIC ASIA

भूउपग्रह नष्ट गर्ने क्षेप्यास्त्र प्रहार गरेर भारतले चीनसमक्ष शक्तिप्रदर्शन गरेको विश्लेषण

चैत १५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एएसएटी परीक्षणका क्रममा उपग्रहलाई खसाउन भारतले सफलता पाएको घोषणा बुधवार गरेका छन् । यसअघि यो उपलब्धि रुस, अमेरिका र चीनले मात्र प्राप्त गरेको उनको भनाइ छ । 

Muktinath Bank

यस परीक्षणपछि भारतले संसारभरि आफ्नो रणनीतिक क्षमता देखाएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तरिक्षको क्षेत्रमा यस उपलब्धिका साथै भारतले अन्तरिक्षमा शत्रुलाई तारो बनाउन सक्ने भएको छ । 


Advertisment
Nabil box
Kumari

भारतले चीनलाई अन्तरिक्षमा प्रतिस्पर्धा गर्ने क्षमता राखेको यसबाट देखिएको छ । भारतले लो अर्बिटमा एएसएटीको सहायतामा उपग्रहलाई खसाएको हो । उक्त क्षेत्रमा पृथ्वीको सर्वेक्षण गर्ने धेरैजसो भूउपग्रहले काम गर्छन् । नेभिगेसन र जासूसीका लागि तैनाथ भूउपग्रह त्यहीँ छन् । 

Vianet communication

यस क्षमतासँगै भारतले अन्तरिक्षमा शत्रु देशका सञ्चार र जासूसी भूउपग्रहलाई नष्ट गरेर उनीहरूलाई पंगु बनाउन सक्छ । 

जापानको होकाइडो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक तथा अन्तरिक्ष सुरक्षा विशेषज्ञ काजुतो सुजुकीले न्युयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘भारतको परीक्षण स्पष्ट रूपमा चीनविरुद्धको शक्तिप्रदर्शन थियो । यो प्रविधिको थप विस्तार हुँदा अन्तरिक्षमा अस्थिरता उत्पन्न हुन्छ ।’

त्यसो त भूउपग्रहलाई खसाउन त्यति सहज छैन । भारतले खसाएको भूउपग्रह पृथ्वीनजिक १७ हजार माइल प्रतिघन्टाको गतिले फन्को लगाइरहेको वैज्ञानिकहरूको अनुमान छ । 

एयर फोर्स स्पेस कमान्डका भाइस कमान्डर जनरल टम्सनले भने, ‘भारतले परीक्षणकका क्रममा टार्गेटमा निशाना लगायो र भूउपग्रहको २७० टुक्रा भयो । अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसनलाई कुनै खतरा छैन ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x