×

NMB BANK
NIC ASIA

कहाँ पुग्यो कर्मचारीको गुनासो सुन्ने काम, पूरा होला सरकारी चिकित्सकहरूको माग ?

चैत २८, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएको घोषणा गरेको झण्डै दुई साता बितेको छ । यही चैत १४ गते मन्त्रालयमा पत्रकार सम्मेलन गरी समायोजन सम्पन्न भएको घोषणा गरिएको थियो ।

Muktinath Bank

एक लाख ३१ कर्मचारीको समायोजन सफलतापूर्वक सम्पन्न भएको घोषणा सरकारले गरे पनि १२ हजारभन्दा बढी कर्मचारीले समायोजनमा असन्तुष्टि जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग लिखित गुनासो गरेका छन् । गुनासो सुन्नका लागि सह–सचिव रूपनारायण भट्टराईको संयोजकत्वमा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समिति गठन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले समायोजनसम्बन्धी गुनासो सहितको निवेदन दिनका लागि चैत २० गतेसम्मको समय छुट्ट्याएको थियो । यस अवधिमा १२ हजारभन्दा बढी गुनासो आएको हो ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले यसै महिनाभित्र गुनासो व्यवस्थापन गरिसक्ने सह–सचिव भट्टराईले पत्रकार सम्मेलनमा बताएका थिए ।

Vianet communication

गुनासो थरिथरिका

कर्मचारी समायोजन ऐन, २०७५ दफा ८ को उपदफा (३) मा भनिएको छ, ‘उपदफा (२) बमोजिम प्रदेश वा स्थानीय तहको सेवामा कर्मचारी समायोजन गर्दा सम्भव भएसम्म पति/पत्नीलाई एकै जिल्लामा पर्ने गरी समायोजन गरिनेछ ।’ उक्त व्यवस्थाअनुसार पति–पत्नी एकै जिल्लामा समायोजन नभएको भन्दै गुनासो आएका छन् ।

उपदफा (४) मा अर्को व्यवस्था छ– ‘उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनले निर्धारण गरेको कडा रोग लागेको वा गम्भीर शारीरिक अशक्तता भएको भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेका कर्मचारीलाई दफा १७ बमोजिमको निर्देशन तथा समन्वय समितिको सिफारिसमा सेवा सञ्चालन गर्ने निकायले उपयुक्त ठहर्‍याए बमोजिम समायोजन गर्नेछ ।’

कडा प्रकृतिको रोग लागेको तथा गम्भीर शारीरिक अशक्तता भएको भएपनि उपचारका लागि असहज हुने र परिवारको रेखदेख नमिल्ने ठाउँमा समायोजन भएको भन्ने खालका गुनासो पनि समितिमा आएका छन् । 

रोजेको ठाउँमा नपाएको, स्थायी ठेगानालाई पायक पर्ने गरी समायोजन नभएको र आफूमाथि अन्याय भएको जस्ता गुनासो समितिमा धेरै परेका छन् ।

कसरी सम्बोधन हुन्छ गुनासो ?

समितिले गुनासोलाई विभिन्न एघार क्लस्टरमा विभाजन गरी अध्ययन गरिरहेको छ । एघारवटै क्लस्टरका गुनासो उपसचिव नेतृत्वको टोलीले सुक्ष्म रूपमा अध्ययन गरिरहेको छ ।

गुनासो अध्ययन गरिसकेपछि सम्भव भएसम्म सम्बोधन गरिने मन्त्रालयले जनाएको छ ।

‘गुनासोको प्रकृति र सम्बोधनको सम्भावनाका आधारमा समायोजन भई रिक्त रहेका पदहरूमा यथासम्भव प्रदेश वा स्थानीय तहमा व्यवस्थापन गरिने छ,’ पत्रकार कर्मचारी समायोजन महाशाखा प्रमुख समेत रहेका सह–सचिव केदारप्रसाद पनेरुले भनेका थिए, ‘कर्मचारी समायोजन पश्चात विभिन्न कारणले सिर्जित गुनासोहरूलाई समायोजन ऐन बमोजिम गठित निर्देशन तथा समन्वय समितिबाट समेत यथोचित सम्बोधन हुने र नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ ।’

स्वास्थ्यमा तनाव, अन्यको अन्तिम चरणमा

गुनासो व्यवस्थापन समिति संयोजक समेत रहेका सह–सचिव रूपनारायण भट्टराईले स्वास्थ्य सेवा बाहेक अन्य कर्मचारीको गुनासो सुन्ने काम अन्तिम चरणमा पुगेको लोकान्तरलाई जानकारी दिए । 

‘स्वास्थ्य सेवाबाहेक अरूको गुनासो सुन्ने र त्यसको व्यवस्थापन गर्ने काम अन्तिम चरणमा छ,’ सह–सचिव भट्टराईले भने, ‘टेक्निकल कठिनाइका कारण दुईचार दिन भने लाग्न सक्छ ।’ 

स्वास्थ्य सेवातर्फ भने सरकारी चिकित्सकहरू मन्त्रालयमा गुनासो गर्नुभन्दा आन्दोलनमा लागेका छन् । आफूहरूलाई संघ मातहत नै ल्याएर प्रदेश र स्थानीय तहमा खटाउनुपर्ने लगायतका माग राख्दै सरकारी चिकित्सकहरू आन्दोलित बनेका हुन् ।

आन्दोलनका कारण सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुँदै आएको छ । बुधवार प्रहरीले बल प्रयोग गरी वीर अस्पतालमा ओपीडी सेवा सुचारु गराएको थियो । अन्य केही अस्पतालमा चिकित्सकहरूले प्रांगणमै बिरामी चेकजाँच गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सरकारी चिकित्सकहरूको माग सुन्ने मनस्थितिमा छैनन् । संविधानको मर्म र कर्मचारी समायोजन ऐनअन्तर्गत नै समायोजन भएकाले यसमा हेरफेरको सम्भावना नरहेको उनले बताउने गरेका छन् ।

‘डाक्टर सा’पहरूको आन्दोलनको कुुनै अर्थ छैन, किनभने उहाँहरू संघमा दरबन्दी गर्नुुपर्छ भन्नुहुन्छ । हामीमा समायोजन लागू गर्नुहुँदैन भन्नुहुन्छ । केन्द्रमा बस्न पाउनुपर्छ, केन्द्रबाट कहिलेकाहिँ खटाएको अवस्थामा मात्रै जान्छौं भन्नुहुन्छ । यो नाजायज र संघीयताविरोधी कुरा भएकाले हामी कुनै हालतमा यसमा प्रवेश गर्दैनौं,’ बुधवार धनगढीमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा मन्त्री पण्डितले भनेका थिए ।

मन्त्री पण्डितको अभिव्यक्ति हेर्दा उनी तत्काल चिकित्सकहरूको माग सुन्ने मनस्थितिमा रहेको देखिँदैन । स्वास्थ्य सेवातर्फका कर्मचारीको समायोजन मन्त्रालयले अन्तिम चरणमा मात्र टुंग्याएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x