
पोखरा- पोखरा विमानस्थलमा अल्ट्रालाइटको जाइरोकोप्टर दुर्घटना भएको छ ।
मंगलवार दिउँसो करीब साढे २ बजे यात्रुलाई साइट सिन गराएर फर्किएपछि ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लिएर बाहिर चौर किनारामा पुग्दा दुर्घटना भएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले बताए ।
जाइरोकोप्टरमा पाइटल फ्रेन्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उनीहरू सकुशल रहेको प्रमुख गुरागाईले बताए । ‘दुर्घटनामा परेको जाइरोकोप्टरमा क्षति पुगेको छ । पाइलट र यात्रु भने सकुशल छन्,’ उनले भने ।
दुर्घटनापछि विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको गुरागाईले बताए ।