कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बैशाख ३०, २०७६
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश अन्तर्गत रहेका वन, खानी तथा खनिज लगायतका सम्पदाहरूको रोयल्टी प्रदेश सरकारले पाउनुपर्ने बताएका छन् । प्रदेश सरकारलाई आर्थिक रूपमा सम्पन्न गराउन राष्ट्रिय निकुञ्ज, सिमसार वाहेक प्रदेशका वन, खानी तथा खनिजहरूको रोयल्टी उठाउन दिनुपर्ने बताए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा एभीन्युज टेलिभिजनले सोमवार पोखरामा आयोजना गरेको ‘एजेण्डा समृद्धि सपना प्रादेशिक विकास बहस’ कार्यक्रममा मुख्यमन्त्री गुरुङले पोखरादेखि नवलपरासीको दुम्कीबास जोड्ने फास्ट ट्रयाक बनाउन सभ्याव्यता अध्ययन थालेको बताए । 'प्रदेशको समृद्धिको लागि समानान्तार कालीगण्डकी कारिडोर बनाउने योजनामा छौ,’ उनले भने, ‘कालीगण्डकी किनारै किनार गएको कालीगण्डकी कोरिडोरको सट्टामा प्रदेशले शालिग्राम लोकमार्ग प्रस्ताव गरेको हो ।’
मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्ग, मर्स्याङ्दी करिडोरको निर्माण कार्य सम्पन्न भएपछि प्रदेशको समृद्धिको लागि सहयोग पुग्ने धारणा राखे ।
पोखरालाई जोड्ने सडक सञ्जाललाई विस्तार र सुदृढ गर्दै प्रदेशलाई समृद्ध बनाउने तर्फ प्रदेश सरकार लागि परेको उनले बताए । ‘पोखरालाई जोड्ने सडकहरूको स्तरोन्नति गर्दै भौतिक पूर्वाधारको विकासतर्फ सरकार अगाडि बढ्छ,’ मुख्यमन्त्री गुरुङले भने ।
उनले सवारी साधन र पर्यटन क्षेत्रको शुल्क पनि प्रदेशले उठाउन पाउनुपर्ने तर्क गरे । मुख्यमन्त्री गुरुङले संविधानले दिएको अधिकार अन्तर्गत प्रदेशले श्रोत र साधनको अधिकतम प्रयोग गर्न पाउनुपर्ने पनि माग गरे ।
गुरुङले प्रदेश सरकारले कर्मचारी लगायत भौतिक व्यवस्थापनका कारण चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न नसकेको बताए । ‘मन्त्री र सचिवहरूलाई लगातार निर्देशन दिँदा पनि बजेट कार्यान्वयन हुन सकेन,’ उनले भने, आगामी अर्थिक वर्षमा आवश्यक संरचनालाई नियमित र व्यवस्थित गर्दै पूर्वाधार निर्माणमा बजेट खर्च गरिनेछ ।’
मुख्यमन्त्री गुरुङले जग्गा प्राप्ति ऐनको सरलीकरण र सुरक्षा व्यवस्थाका कारण लगानी सम्मेलन गर्न नसकेको बताए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...