×

NMB BANK
NIC ASIA

धनगढी- सडक क्षेत्रमा परेका संरचना हटाउन भनी पटक–पटक जारी भएको सूचनालाई अवज्ञा गरिएको भन्दै धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ । संरचना आफै भत्काउने घर धनीलाई सम्मान गर्ने योजना बोकेको उपमहानगरपालिकाले सूचनाको अटेरी गर्नेको संरचनामा डोजर चलाएको हो ।

Muktinath Bank

बिहीबार मात्रै धनगढी उपमहानगरपालिका ३ भन्सारस्थित २ वटा घर र पर्खाल डोजर प्रयोग गरेर भत्काइएको छ । सडक क्षेत्रभित्र रहेका निजी संरचना भत्काउन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐर लगायत वडाका जनप्रतिनिधीहरुको उपस्थितिमा भत्काइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक क्षेत्र कब्जा गरेर बनाएका निजी संरचना हटाउन पटक–पटक अनुरोध गर्दा पनि अटेरी गरेका कारण आफुहरुले कठोर निर्णय लिनु परेको नगरप्रमुख वडले बताए । उपमहानगरपालिकाको अनुरोधलाई कमजोरीको रुपमा लिएर सडक क्षेत्रभित्र रहेका संरचना नहटाउनेका बिरुद्ध कडा रुपले प्रस्तुत हुने पनि नगरप्रमुख वडले चेतावनी दिए ।


Advertisment
Nabil box
Kumari

धनगढी उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले भन्सारस्ीित चक्रपथ निर्माणमा अवरोध गर्ने स्थानीय गोकर्ण पौडेलको घर र पर्खाल डोजरको प्रयोग गरेर भत्काएको बताए । त्यस्तै त्रिनगर भन्सार कार्यालयको चेकजाँच भवनको आधाभाग त्यहाँका प्रमुखको स्वीकृतीमा भत्काइएको वडा अध्यक्ष ऐरले जनाए ।

Vianet communication

सडक क्षेत्रमा घर र पर्खाल लगाएर निर्माण कार्यमा अवरोध गर्ने गोकर्ण पौडलको घरमा डोजर लगाउनु उपमहानगरपालिकाको बाध्यता रहेको वडा अध्यक्ष ऐरको भनाई छ । यस अघि निर्माणाधिन धनगढी अत्तरिया ६ लेन सडक क्षेत्रभित्र रहेका संरचना हटाउन अटेरी गर्नेका घर पर्खालहरु नगरप्रमुख वडले आफै डोजरमा चढेर भत्काएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x