×

NMB BANK
NIC ASIA

अस्पतालको नाममा जग्गा दर्ता नहुँदा स्तरोन्नतिमा समस्या

सिरहा | बैशाख २८, २०८१

NTC
Premier Steels

 लामो समय विवादमा रहेको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पतालको नाममा जग्गा दर्ता अझै हुन सकेको छैन । 

Muktinath Bank

यसले गर्दा भौतिक संरचनाको स्तरोन्नतिमा समस्या पैदा भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनील कुशवाहले जानकारी दिए ।  विस २०३७ मा स्थानीय रामकुमार सारडा र उमाप्रसाड मुरारकाले अस्पताललाई दान गरेको जग्गा दाताको नाममा नहुँदा लामो समय विवाद रहेको थियो । बीचमा मधेस प्रदेश सरकारले जग्गा दाताको नाममै अस्पतालको नाम फेरेपछि एक बिगा १५ कठ्ठा जग्गा दर्ता प्रक्रियामा गएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालको नाउँमा जग्गा दर्ता गर्नको लागि सबै पक्षबीच हस्ताक्षर पनि भयो । तर, जग्गाको लाभकर लगभग रु चार करोड लाग्ने देखिएपछि दर्ता हुन नसकेको मेसु कुशवाहाले बताए । “करोडौँ मूल्यको जग्गा दाता परिवार दर्ता गर्न तयार त भए । तर, लाभकर सङ्घीय सरकारले मन्त्रिपरिषद्बाट छुटको निर्णय हुन सकेन, “मेसु डा कुशवाहाले भने, “अस्पतालमा प्रदेश सरकारले उपलब्ध गराएको उपकरण प्रयोगमा ल्याउन समस्या भएको छ ।“ 


Advertisment
Nabil box
Kumari

अस्पतालको नाउँमा चाँडो जग्गा दर्ता गर्नको लागि सरकारले सहयोग गरिदिनको लागि अस्पताल विकास समितिले आग्रह गरेको छ । त्यसैगरी मधेस प्रदेश सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले पनि अस्पतालको स्तरोन्नतिको लागि भवन निर्माण सम्पन्न गरि सेवा विस्तार गर्नको लागि जति सक्दो चाँडो अस्पतालको नाममा जग्गा दर्ता गर्न ताकेता गरेको समितिका सदस्य रामु महतोले जानकारी दिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x