×

NMB BANK
NIC ASIA

मोहनाको कटान रोक्न जैविक तटबन्ध

जेठ ९, २०७६

NTC
नदीमा जैविक तटबन्ध निर्माण गर्दै स्थानीय
Premier Steels

धनगढी- नदी कटान रोक्न कैलालीको मोहना नदीको विभिन्न स्थानहरुमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

Muktinath Bank

स्थानीय साधनस्रोतको सदुपयोग गरी कटान रोक्न मोहना नदीका विभिन्न स्थानमा ३३ लाख ६६ हजार रुपियाँ लगानीमा जैविक तटबन्ध निर्माण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८ स्थित नुक्लिपुर, वडा नम्बर १९ स्थित ललितपुर, कैलारी गाउँपालिकाको मोहनपुर र शिवपुर गरी ४ स्थानमा बाँस प्रयोग गरेर जैविक तटबन्ध बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

जैविक तटबन्ध निर्माण गर्नका लागि सम्बन्धित ठाउँका स्थानीय सरकार र नेपाल रेडक्रसद्वारा सञ्चालित आर्थिक विकासमार्फत विपद् व्यवस्थापन (एम्रेड) कार्यक्रमले सहयोग गरेको जनाइएको छ ।

Vianet communication

नुक्लिपुरमा १७ लाख ८० हजार रुपियाँ लगानीमा १.१ किलोमिटर लामो जैविक तटबन्ध निर्माण गरिएको छ । जसमा धनगढी उपमहानगरपालिकाको १० लाख रुपियाँ र संघसंस्थाको ७ लाख ८० हजार रुपियाँ लगानी रहेको छ । जैविक तटबन्ध निर्माणले कटान नियन्त्रण हुने स्थानीयले विश्वास गरेका छन् ।

‘नुक्लिपुरमा १०/१२ वर्षदेखि मोहना नदीले उब्जनी योग्य जमिन कटान गर्दै आएको छ’, नुक्लिपुर सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष देवराज खरेलले भने–‘जैविक तटबन्ध निर्माणले कटान नियन्त्रण हुुने विश्वास व्यक्त गरेका छौं ।’

नुक्लिपुरमा हरेक वर्ष ३० देखि ४० मिटरसम्म कृषि योग्य जमिनलाई नदीले कटान गर्दै आएको बताइएको छ । करिब २५ बिघा जमिन नदीले कटान गरी बगरमा परिणत गरिसकेको स्थानीयवासी बताउँछन् । नदीले कटान गरेको जग्गा पारितिर बगरमा परिणत भएपछि त्यसलाई भारतीय पक्षले आफ्नो जमिन भनेर खनजोत पनि गर्न नदिनेको स्थानीयको गुनासो छ ।

नदीले सबैभन्दा बढी कटान गरेको ठाउँमा जैविक तटबन्ध निर्माण गरिएकाले करिब १५० किसानको कृषियोग्य जमिन सुरक्षित हुने समितिका अध्यक्ष खरेलले बताए । ‘तटबन्ध टिक्यो भने जग्गा कटानमात्रै रोकिने छैन’, उनले भने–‘नेपालीको जमिनमाथि भारतीय पक्षको हैकम पनि रोकिने छ ।’

यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर १९ कै ललितपुरमा एम्रेडकै तीन लाख १० हजार रुपियाँ लगानीमा २ सय मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको छ । ललितपुरमा भूमिहीन परिवारको बसोबास रहेको गाउँ हो । उक्त गाउँको स्थानीयका जग्गा मोहना र घुरहा दुवै नदीद्वारा कटानको चपेटामा परेको छ । यो वर्ष मोहना नदीमात्रै छोटो दूूरीमा जैविक तटबन्ध बनाइएको छ ।

त्यस्तै, कैलारी गाउँपालिकाको वडा नम्बर ७ स्थित शिवपुर र वडा नम्बर ३ स्थित मोहनपुुरमा ४/४ सय मिटरमा जैविक तटबन्ध बनाइएको छ । दुुवै ठाउँमा तटबन्ध निर्माणका लागि कैलारी गाउँपालिकाको साढे ८ लाख र एम्रेडको ४ लाख २६ हजार रुपियाँ सहयोग रहेको छ ।

मोहना नदीले उब्जनी योग्य जमिन कटान गर्दै आएको क्षेत्रमा जैविक तटबन्ध निर्माण भएको आर्थिक विकासमार्फत विपद् व्यवस्थापन कार्यक्रमका सामाजिक परिचालिका राधा महतोले बताइन् । ‘जैविक तटबन्ध कटान नियन्त्रणमा प्रभावकारी हुन्छ’ उनले भनिन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x