धितालको ‘सुनमा सुती फलाम चोर्ने देश’ सार्वजनिक [भिडियो]

काठमाडौं– रंगकर्मी कलाकार कृष्णप्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले आफ्नो तेस्रो गीतको म्युजिक भिडियो ‘सुनमा सुती फलाम चोर्ने देश’ सार्वजनिक गरेका छन् । 

धितालले युट्युब च्यानल चिरिच्याँट्ट इन्टरटेन्मेन्ट नेपालबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


Advertisement

एक दशकदेखि हाँस्यव्यंग्य तथा नाटक क्षेत्रमा सक्रिय रहेका धितालले राजनैतिक व्यवस्था फेरिए पनि जनताको जीवनस्तर नफेरिएको, देशमा सम्भावना हुँदाहुँदै विदेश भौँतारिनु परेको अवस्थाको चित्रण गीतमा गरेका छन् ।

गीतमा शब्द/स्वर धिताल स्वयंमको रहेको छ भने संगीत संयोजन बाबुल गिरी, निर्देशन होम धिताल र छायांकन मरुभूमि नारायणको रहेको छ ।


Advertisement

धितालले 'व्यापार गर्न धन छैन र बाउले भन्छन् मलेसिया जा' गीत सार्वजनिक भइसकेको छ ।

हेर्नुहोस्, भिडियो :

कमेन्ट गर्नुहोस्