विराट-रोहितबीच मनमुटाव

एजेन्सी- भारतीय टीमका खेलाडीहरूबीच खटपट आएको खबर सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ ।

प्रशासकहरूको समिति सीओएले भने दुई भारतीय क्रिकेट स्टारहरूबीच खटपटलाई स्वीकार भने गरेको छैन । तर क्रिकेटका जानकारहरूले आगो नलागी धुँवा नआउने बताउँछन् । 


Advertisement

बीसीसीआईका एक उच्च अधिकारीले दुई खेलाडीबीचको झगडालाई मिलाउन प्रयास गरेको समेत बताए । 


Advertisement

उनले भने, 'जो कोहीलाई पनि थाहा छ कि खेलाडीहरूबीच मनमुटाव छ ।'

बताइएअनुसार भारतीय कप्तान विराट कोहली र रोहित शर्माबीच अहिले मनमुटावको स्थिति छ । 

सेमिफाइनलमा भारतीय टीमले हार व्यहोरेपछि विराट कोहली र रोहित शर्माबीच मनमुटाव शुरू भएको हो । 

त्यसपछि रोहित शर्माले इंस्टाग्राममा अनुष्का शर्मालाई अनफलो गरेका थिए । 

कमेन्ट गर्नुहोस्