काठमाडौं – व्यवसायिक पत्रिका 'इन्सेप्सन'को एक समारोहका बीच उद्घाटन भएको छ ।
बुधवार राजधानीको रोयल इम्पायर बुटिक होटलमा डि.ए.भी. कलेजका विधार्थीहरुले 'इन्सेप्सन' व्यवसायिक पत्रिकाको भव्य समारोहका बीच प्रक्षेपण गरेका हुन् ।
समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका सहायक डीन दिनेशमणि घिमिरे, फेस अफ इन्सेप्सनका रूपमा एम एस होल्डिङका प्रमुख कार्यकारी अधिकृत सम्भव स्व सिरोहियाका साथै डि.ए.भी. कलेजका अध्यक्ष अनिल केडिया र लुइस बेर्जरका वरिष्ठ उपाध्यक्ष बलजीत वोहराद्वारा पत्रिका अनावरण गरिएको थियो ।
उक्त कार्यक्रममा 'इन्सेप्सन' पत्रिकाका प्रबन्ध निर्देशक सग्मा मर्हजन, प्रमुख कार्यकारी अधिकृत रोहन मर्हजनले आफ्नो अनुभव सुनाएका थिए ।
सम्पादक प्रमुख सुप्रभा शाक्य र प्रिया सुनुवारले 'इन्सेप्सन' एउटा सम्पूर्ण व्यवसायसम्बन्धित पत्रिका भएको जनाए । इन्सेप्सन पत्रिकामा व्यवसाय, कारोबार,कर्पोरेट, शुरुवात, ट्राभल, जीवनशैलीसँग सम्बन्धित रचना तथा लेखहरु पाउन सकिने बताइएको छ ।
लोकान्तर संवाददाता