मंसिर १४, २०८०
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
तानसेन- तानसेन नगरपालिका–२, अशनटोलकी विनु नेपाली दुई छोरा छाडेर हराइन् । गत असार २७ गतेदेखि हराएपछि दुई बालक उनको सम्झनामा पिरोल्लिएका छन् ।
जेठो १३ वर्षीय विश्वास तानसेनको जनता माविमा कक्षा ७ मा अध्ययनरत छन् भने पाँच वर्षका कान्छो समीर तानसेनकै बाल मन्दिरमा कक्षा १ मा अध्ययनरत छन् ।
बस चालक बाबु यमबहादुरलाई श्रीमतीले घर छाडेर गएपछि आफैँले बालबच्चा हुुर्काउनुपर्ने, खाना पकाउनुपर्ने र गाडी चलाउनुपर्ने समस्या थपिएको छ । “छोरो समीर कहिलेकाहीँ स्कूल जान मान्दैन, बाबा मलाई छाडेर नजानुहोस् भनेर रुन्छ”, यमबहादुरले भने,“मैले उसलाई मसँगै गाडीमै डुलाइरहेको छु ।”
पछिल्ला वर्षमा परिवारको बिचल्ली पारेर महिला हराउने दर बढ्दै गएकाले तिनका बालबालिका हुर्काउन कठिन भएको छ । जिल्लामा आव २०७५/७६ मा १५३ महिला तथा बालबालिका हराएकामा आमा बनिसकेका १२०, २७ किशोरी र सात किशोर थिए भने आव २०७४/७५ मा १३० महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको साउन महीनामा मात्र आठ महिला हराएका थिए ।
वैदेशिक रोजगारमा गएका श्रीमान् लामो समयसम्म घर फर्किंदा श्रीमती हराउनेक्रम बढ्दो छ । श्रीमानको कमाइको दुरुपयोग र परपुरुषसँग शारीरिक सम्र्पकका कारण श्रीमान् विदेशबाट फर्किने थाहा पाउनेबित्तिकै श्रीमती हराउनेक्रम बढेको उक्त कार्यालयको जिकिर छ । यसका साथै पारिवारिक समस्या तथा महिला हिंसा र साथीभाइको लहैहलैमा लागेर पनि महिला हराउनेक्रम बढेकाले कलिला बालबालिका आमाको मायाबाट बञ्चित हुँदै आएका हुन् ।
प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाका अनुसार सरोकारवाला व्यक्तिको निवेदनसहितको फोटोका आधारमा मातहतका प्रहरी चौकीमार्फत खोजी गर्दा केही महिला भेटिएर आफन्तलाई बुझाइएको प्रहरीको जिकिर छ । आफन्तलाई बुझाइएका केही महिला तीनपटकसम्म हराएका पाइएको र केहीले दोस्रो विवाह गरेको पाइएको जनाइएको छ ।
उक्त कार्यालयकी प्रहरी जवान बविता थापाले आर्थिक वर्ष २०७४/७५ मा हराएकामध्ये १०० महिला, सात बालक, २४ बालिका भेटिएका र उनीहरुलाई आफन्तसँग बुझाइएको थियो जनचेतनाको अभावमा १८ देखि ३५ वर्षसम्मका महिला हराउन थालेपछि अभिभावकलाई समेत समस्या थपिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत हुने कुराकानीले मायाप्रिती बस्दै विवाह हुने स्थितिमा पुगेपछि महिला हराउनेक्रम बढेको पाइएको जनाइएको छ ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...