अरुणखोला पुुल भाँसियो, पूूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुुटवल – नवलपुुर जिल्लाको मध्यबिन्दू नगरपालिकामा पर्ने अरुणखोला पुुल भाँसिदा पूूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुुलमा ठिक्किँदा पुुल २ मिटर लच्किएको छ । 


Advertisement

बिहान ७ बजेटबाट राजमार्ग अवरुद्ध भएको छ । ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी रामप्रकाश शाहले पुुल तल दबेपछि ठूूला गाडी पुुलबाट बन्द गरिएको बताए ।

पुुल तत्काल मर्मत गर्न सम्भव नभएकाले प्रहरीले वैकल्पिक बाटो बनाउने तयारीका लागि बुटवल र चितवनसँग सम्पर्क गरेको बताइएको छ । ‘साना मोटरसाइकल, कार चलेका छन् । ठूूला यात्रुुवाहक र मालवाहक ट्रक चल्न रोक लगाइएको छ,’ शाहले भने ।


Advertisement

राजमार्ग अवरुद्ध हुुँदा हजारौं यात्रुु अलपत्र परेका छन् । पुलमा अड्किएको ट्रक निकाल्ने प्रयास भइरहेको छ ।

कमेन्ट गर्नुहोस्