×

NMB BANK
NIC ASIA

कश्मीरमा कर्फ्यु हटाउन भारत सरकारले बनायो योजना

भदौ ८, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको केन्द्र सरकारले जम्मु–कश्मीरमा लगाइएको प्रतिबन्ध हटाएर परिस्थिति सामान्य बनाउनका लागि ठूलै पहल लिनका लागि तयारी गरेको छ । 

Muktinath Bank

शनिवार श्रीनगर पुगेका विपक्षी नेताहरूलाई सुरक्षा कारण देखाउँदै विमानीथलबाटै फर्काइएको भए पनि सरकारले कश्मीरमा नजरबन्द गरिएका उमर अब्दुल्ला, महबूबा मुफ्ती जस्ता स्थानीय नेतासँग सम्पर्क गर्ने कोशिश गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबाहेक सर्वदलीय बैठक बोलाएर त्यहाँको परिस्थितिका बारेमा बताउने प्रयास गरिन सक्छ । प्रधानमन्त्री नरेन्द्र मोदी विदेशबाट फर्केपछि बस्ने बैठकमा यसमाथि निर्णायक पहल लिन सकिनेछ । 


Advertisment
Nabil box
Kumari

अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० हटाइएपछि कश्मीर बन्दको स्थितिमा छ । तर अगस्ट १५ पछि स्थिति सामान्य बनाउनका लागि प्रयास गरिएको छ । यसअन्तर्गत विद्यालय र कार्यालयहरू खोलिएको छ र ल्यान्डलाइन फोन सुचारु गरिएको छ । तर मोबाइल फोन अहिले पनि बन्द गरिएकै छ । पसल पनि कमै खुलेका छन् । कश्मीरमा परिस्थिति सामान्य बनाउनका लागि थप प्रयास गर्नुपर्ने सरकारको मान्यता छ । 

Vianet communication

सूत्रहरूका अनुसार, केही शीर्ष अधिकारीहरूले श्रीनगरमा नजरबन्द गरिएका ठूला नेतासँग सम्पर्क गरेका छन् । अब्दुल्ला र मुफ्तीलाई भेटेर परिस्थितिको जानकारी दिइएको छ । यससँगै उनीहरूको रिहाइ प्रक्रिया पनि तीव्र बनाइएको छ । 

सरकारले विपक्षी दलहरूलाई विश्वास दिलाउन खोजेको छ । यसका लागि दिल्ली वा श्रीनगरमा सर्वदलीय बैठक बस्न सक्नेछ । पक्ष र विपक्ष मिलेर विश्व समुदायलाई कश्मीरको हाल सामान्य रहेको जानकारी दिनुपर्ने सरकारको चाहना हो । 

कर्फ्यु पूरै हटाउनुपर्ने कुरा सरकारलाई थाहा छ । विश्व समुदायले भारतलाई धारा ३७० हटाएकोमा समर्थन नै गरेका छन् र लगभग सबैले यो भारतको आन्तरिक मामिला भएको बताएका छन् । तर कश्मीरमा कर्फ्यु लागिरहेको विषयमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारले त्यो चिन्ता निवारण गर्नुपर्नेछ । 

सेप्टेम्बर २२ देखि मोदी अमेरिका भ्रमणमा जाँदैछन् । त्यहाँ संयुक्त राष्ट्रसंघमा मोदीले वार्षिक साधारणसभामा सम्बोधन गर्नेछन् । त्यसअघि नै सरकार कश्मीर मामिलालाई हल गर्ने प्रयासमा लागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x