×

NMB BANK
NIC ASIA

नाडा अटोशोमा बैंकहरु, विद्युतीय सवारीमा अधिकांशको व्याजदर सस्तो

भदौ ११, २०७६

NTC
Premier Steels

काठमाडौं– नाडा अटोशो २०१९मा बैंक तथा वित्तीय संस्थाहरुले पनि स्टल (प्रदर्शनी कक्ष) राखेका छन् । मंगलवार देखि शुरु भएको नाडा अटो शो २०१९मा विभिन्न १२ वटा बैंकहरुले आ–आफ्ना स्टल राखेका छन् ।

Muktinath Bank

ती बैंकहरुले विद्युतीय सवारी र इन्धनबाट चल्ने सवारीमा फरक फरक व्याजदर निर्धारण गरेको जानकारी दिइरहेका छन् । नाडा अटोशोमा साना ठुला गरी १ सय ६० वटा स्टल रहेका छन् । त्यसमध्ये १२ वटा बैंक र एउटा इन्सुरेन्स कम्पनीका स्टल रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरुले सवारी खरिद कर्जामा दिइने ब्याजदर एवंम कर्जाको अवधिका बारेमा जानकारी गराइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

नाडा अटोशोमा स्टल राख्ने बैंकहरुमा लक्ष्मी बैंक, एभरेष्ट बैंक, सिभिल बैंक, एनआइसी एशिया बैंकहरु रहेका छन् ।

Vianet communication

त्यस्तै नविल बैंक, सानीमा बैंक, ग्लोबल र जनता बैंक, बैंक अफ काठमाण्डौं, सांग्रीला डेभलपमेन्ट बैंक,  स्टान्डर्ड चार्टर्ड बैंक र माछापुच्छ«े बैंकहरु रहेका छन् । ती बैंकहरुले फरक फरक दरमा सेवा शुल्कसहीत व्याजदर र तिर्नु पर्ने समयको बारेमा जानकारी गराइरहेका छन् ।

सिभिल बैंकको व्याजदर कति?

सिभिल बैंकले ७ वर्ष देखि  १० वर्षका सम्मका लागि ११ दशमलव ११ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएको छ । 

एनआइसी एसिया

एनआइसी एसिया बैंकले ९ दशमलव ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएको छ ।

नबिल बैंक

कर्जाको अवधि ७ वर्ष कायम गरेको नबिल बैंकले पनि इन्धनयुक्त सवारी साधन र विद्युतीय सवारीका लागि छुट्टा छुट्टै व्याजदर निर्धारण गरेको छ । इन्धनयुक्त सवारी साधन खरिदमा १० दशमलव ५९ प्रतिशत र विद्युतीय सवारी खरिदमा ९ दशमलव ५९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने नविल बैंकले जानकारी दिएको छ ।

ग्लोबल र जनता बैंक

ग्लोबल आइएमई बैंक र जनता बैंकले ७ वर्षका लागि ९ दशमलव ९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएका छन् । 

लक्ष्मी बैंक

लक्ष्मी बैंकले विद्युीय सवारी साधन र पेट्रोलियम पदार्थबाट चल्ने सवारी खरिदका लागि दिने कर्जामा फरक फरक दर तोकेको छ । लक्ष्मी बैंकले विदुतीय सवारी खरिदका लागि साढे १० प्रतिशत व्याजदरका कर्जा दिने र पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा साढे ११ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी गराइरहेको छ । त्यस्तै पेट्रोलियम सवारीका लागि कर्जाको अवधि ९ वर्ष र विद्युतीय सवारी खरिदका लागि लिइने कर्जाको अवधि ८ वर्षको रहेको जानकारी दिएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले कर्जाको अवधिको आधारमा व्याजदर तोकेको छ । ५ वर्षका लागि कर्जाको अवधि भएमा ९ दशमलव ६६ प्रतिशत व्याजदर र ७ वर्षका लागि १० दशमलव१८ प्रतिशत ब्याजदर रहेको बैंकले जानकारी दिएको छ ।

बैंक अफ काठमाण्डौं 

बैंक अफ काठमाण्डौंले १० दशमलव ४ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक 

सांग्रिला डेभलपमेन्ट बैंकले ११ दशमलव ६६ प्रतिशत ब्याजदरमा सवारी साधनका लागि कर्जा दिने बताएको छ । उक्त बैंकले कर्जाको अवधि इन्धनबाट चल्ने सवारी साधन र विद्युतीय सवारी खरिदमा छुट्टा छुट्टै राखेको छ ।

सानिमा बैंक

सानिमा बैंकले नाडा अटो शोका लागि भनेर १० दशमलव ४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएको छ ।  सानीमा बैंकको कर्जा अवधि १० वर्ष रहेको बैंकले जानकारी दिएको छ । नाडा अटोशोमा स्टल राखेका स्टान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव ९९ प्रतिशत, माछापुच्छे बैंकले १० दशमलव ९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएके छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x