×

NMB BANK
NIC ASIA

खेलकुदमा संघर्ष

गिट्टी कुटेर तेक्वान्दो सिकेका अशोकको खेलाडी, प्रशिक्षक र रेफ्री यात्रा

असोज ४, २०७६

NTC
Premier Steels

काठमाडौं - अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री तथा प्रशिक्षक अशोक खड्काले दशरथ रंगशाला परिसरमा लोकान्तरसँग कुरा गर्दै भने, 'मैले गिट्टी कुटेर तेक्वान्दो सिकेँ ।'

Muktinath Bank

उनको यो भनाइले दुई कुरा इंगित गर्छ । पहिलो - गरीबी । दोस्रो - लगाव ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको आलापोटमा जन्मिएका अशोक खड्का (३४) को परिवार त्यो बेला नाजुक अवस्थामा थियो । बुवाले डिपोमा रोडाढुंगाको काम गर्थे । खड्काले पनि गिट्टी कुट्थे । एक टिनको सात रुपैयाँ पाउँथे ।


Advertisment
Nabil box
Kumari

उनले एकदिन आफूजस्तै बच्चाहरूले तेक्वान्दो सिकिरहेको देखे ।

Vianet communication

अनि बुवालाई भने- म पनि खेल्छु नि ।

छोराको चाहनालाई बुवाले रोकेनन् । हुन्छ भने ।

तर उनले भर्ना गर्न बुवासँग पैसा मागेनन् । कुट्टी कुटेर कमाएको पैसाले तेक्वान्दो सिक्न भर्ना भए ।

भन्छन्, 'पछि मन्थ्ली फी भने बुवासँग मागेर तिरेँ ।'

उनको तेक्वान्दो सिकाइयात्रा बौद्ध डोजाङबाट शुरू भयो ।

उनले सानै उमेरबाट तेक्वान्दोमा मेहनत गर्न सिके । र त ९-१० वर्षको  उमेरबाट २५ किलोको प्रतियोगितामा भाग लिए । काठमाडौं जिल्ला तेक्वान्दो संघबाट गुरुहरूले लिने परीक्षामा उनले राम्रो गरेको भन्दै डबल ग्रेडिङसम्म दिएको क्षण उनको दिमागको ताजै छ ।  

सम्झन्छन्- त्यो बेलामा हुने जुनियर च्याम्पियनसिपमा दोस्रो कहिल्यै हुनुपरेन । प्राय: प्रथम नै हुन्थेँ ।

जोरपाटी जुनियर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगितामा उनी पहिलोपटक प्रथम भएका थिए ।

*****

अफिसियल गेम खेल्नका लागि ५० केजी तौल हुनुपर्छ । तर खड्काको तौल २५ केजीको आसपासमा थियो । प्रतियोगितामा उत्कृष्ट खेल्दाखेल्दै पनि उनलाई शरीरले धोका दियो । अफिसियल गेम खेल्न पाएनन् ।

लगभग १० वर्ष तौल नपुगेकै कारण आन्तरिक प्रतियोगितामै अल्झिए उनी ।

२०५९ सालमा एसएलसी दिए । त्यो बेला बल्ल उनको ४६-४७ किलो पुग्यो ।

११ पढ्दै गर्दा उनको तौल ५० पुग्यो जुन अफिसियल गेमका लागि आवश्यक थियो ।

त्यतिबेला बल्ल उनलाई लाग्यो - अब तेक्वान्दोमा केही गरेर देखाउँछु । नभन्दै लगातार स्वर्ण पदक जित्दै आएका सुरेन्द्र शाहीलाई हराएर उनी फाइनलसम्म पुगे । त्यसपछि उनले हत्तपत्त हारेनन् ।

काठमाडौं जिल्लामा प्रथम भए । बाग्मती अञ्चल तथा मध्यमाञ्चलमा पनि प्रथम भए । सातौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट पनि भए तर त्यसमा चाहिँ उनी फाइनलसम्म पुगे । उपाधि जितेनन् ।

सफलता सुनाउँदै गर्दा उनको मुहारमा मुस्कान छाएको थियो । 'त्यसपछि तुरुन्तै कोरियन एम्बेसीले गर्ने तेस्रो कोरियन एम्बेसडरमा मैले गोल्ड मेडल जितेँ अनि नेशनल तेक्वान्दो च्याम्पियनसिपमा पनि गोल्ड मेडल जितेँ । दार्जिलिङमा भएको तेक्वान्दो प्रतियोगितामा कास्यपदक जितेँ,' सफलता सुनाउँछन् उनी ।

ट्रेनिङको क्रममा खुट्टा भाँच्चियो

खड्का श्रीलंकामा हुने दशौं साफ खेलकुदका लागि छनोट भए । त्यसका लागि अभ्यासमा जुटिरहेका थिए । तर अभ्यास गर्दैगर्दा एकदिन नसोचेको घटना भयो । रंगशालामा ट्रेनिङको क्रममा उनको खुट्टा भाँच्चियो । उनले गेम खेल्न पाएनन् । वर्षौंदेखिको मेहनत क्षणभरमै सकिएको जस्तो भान भयो उनलाई ।

भन्छन्, 'साफ गेम खेल्न नपाउँदा धेरै दुःख लाग्यो । वर्षौंदेखि गरेको मेहनत ठाउँमा देखाउन नपाउँदा नराम्रो लाग्यो ।'

सात आठ महिनाको आरामपछि उनले पुन: सेलेक्सन लडे । हिम्मत हारेनन् उनले । त्यसमा पनि उनी प्रथम भए । फिन वेट (५४ केजी मुनि)का लागि लखनउका लागि सेलेक्सनमा परे उनी ।

दोस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई तीन वटा देशलाई जितेर उनी क्वाटरफाइनलमा पुगेका थिए ।

फेरि पनि उनीमाथि अर्को बज्रपात आइलाग्यो । उनले नसोचेको कुरा भइदियो । क्वाटरफाइनलमा उनी बैंग्लोरको खेलाडीसँग भिडिरहेका थिए । पहिलो राउन्डमा २-०, दोस्रोमा ३-० र तेस्रोमा पनि ३ प्वोइन्ट जितिसकेको थिए । कुल ८-० ले जितिरहेको अवस्थामा खेल सकिन मात्रै २० सेकेन्ड बाँकी हुँदा …

अनि के भयो ?

भन्छन्, 'मैले किक हान्दा प्रतिद्वन्द्वीले घुँडा थाप्यो । अनि पहिला लागेको ठाउँमा लाग्यो । अनि म लडेँ ।

जुरुक्क उठ्दा आफ्नो हड्डी फङ्लङफङ्लङ हल्लिएको उनले महसूस गरे । सोचे- ला, मेरो खुट्टा भाँच्चियो ।

उनलाई जसरी पनि जित्नु थियो । आफू बलियो अवस्थामा हुँदा बाँकी २० सेकेन्ड कटाउने ध्याउन्नमा लागे । अनि नाटक गरे केही नभएको जस्तोगरी । तर दुःखाइले हद नाघिसकेको थियो ।

उनको नाटक काम लागेन । प्रतिद्वन्द्वीले थाहा पाइदियो । टाउकोमा किक हान्न थाल्यो ।

घाइते हुँदै देशका लागि रिङमा लडिरहेका खड्का विगत सुनाउँछन्, 'त्यसपछिको बाँकी समय मैले खुट्टा लतारिलतारी कटाएँ । बढी प्वोइन्ट भएकाले मैले गेम जितेँ । सेमिफाइनलमा पुगेँ । सेमिफाइनलमा पुगेर हारेपनि तेस्रो भइन्छ तेक्वान्दोमा । तर मैले गेम नै एटेम्प्ट गरिनँ ।'

उपचारमा गम्भीर लापरवाही

खुट्टा भाँच्चिएपछि उनको लखनउमै प्लास्टर भयो । बेलुका रूममा आए । शौचालय जान पनि हम्मेहम्मे भयो । जसोतसो गए । आएर औषधि खाए । पेनकिलरले पनि काम गरेन । दुःखाइ सहन नसकेर रातभर रोए उनी । यस्सो उपचारको फाइल हेरे उनले । अनि देखे- लापरवाही ।

'प्रसुतिको डाक्टरले पो मेरो खुट्टाको प्लास्टर गरेको रहेछ, 'दु:खका दिन सम्झिए उनले ।

अपरेशन गर्दा पैसा बढी पर्छ भनेर आयोजकले फट्याइँ गरेको उनी बताउँछन् ।

 नेपाल आएर जोरपाटीको अर्थोपेडिक अस्पतालमा गए । तर त्यहाँका डाक्टरहरू अचम्ममा परे । कारण थियो- प्लास्टर खोलेर हेर्दा हड्डीमा इन्फेक्सन देखिनु ।

शुरूमा खुट्टै काट्नेसम्मको कुरा भएछ । उनी छाँगाबाट खसे जस्तो भयो । घरमा रुवाबासी चल्यो । उनको आँखा एकछिन पनि ओभाएनन् ।

तर शैलेन्द्र भण्डारी नाम गरेका डाक्टरले नयाँ विधिमार्फत इन्फेक्सन भएको हड्डी फालेर पनि उपचार गर्न सकिने कुरा गरेपछि खड्का फुरुङ्ग भए ।

उपचार सम्भव जस्तै देखियो । तर कुरा आयो पैसाको । उनको परिवार सम्पन्नशाली थिएन । पैसाको जोहो भएन । दु:खका दिन स्मरण गर्छन् उनी, 'संघमा पनि पटकपटक कुरा भयो । अँह, कसैले वास्ता गरेनन् ।'

उपचारका लागि मिडियाले ठूलो भूमिका खेलेको उनी सम्झन्छन् । दैनिक पत्रिकादेखि टेलिभिजनले रिपोर्टहरू बजाए ।

संयोग कस्तो परिदिएछ भने राष्ट्रका लागि रिङमा खुट्टा लतारिलतारि भिडेका एउटा खेलाडीले अस्पतालको बेडबाट उपचारका चित्कार गरिरहँदा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला उपचारका लागि एअर एम्बुलेन्समा विदेश जाँदै थिए । यही कुरा बजायो एउटा टेलिभिजनले ।

मिडियाको चौतर्फी दबाबपछि संगीना वैद्यको संयोजकत्वमा राष्ट्रिय खेलकुद परिषद्ले उपचार समिति बनायो । अनि उपचार सहज भयो ।

उनी गोंगबुको समाजसेवी प्रल्हादलाई कहिल्यै पनि बिर्सिँदैनन् । उनले २ लाख ५० हजार रुपैयाँ अस्पतालको बेडमै पुर्‍याउन आएका थिए ।

त्यसबेला उनले भनेका थिए रे- दाइ तपाईंको यो गुन खेलेरै तिर्छु ।

१३ महिनाको अस्पताल बसाइमा आफ्नो खुट्टा १४ पटक शल्यक्रिया भएको उनले बताए ।

*****

एउटा खुट्टा अपरेशन भएपनि अर्को खुट्टाले किक प्याड हानेर बस्थे उनी । खड्काले २०५३ साल देखिनै तेक्वान्दो प्रशिक्षण गराउँदै आएका थिए ।

मुलपानी डोजाङ र उनी बस्ने हस्पिटल नजिकै थियो । उनले सिकाउने खेलाडीहरू दौडिएर हस्पिटलको ग्राउन्डमा आउँथे । उनी त्यहीँ ट्रेनिङ दिन्थे ।

'बैशाखी टेकेर मैले खेलाडीहरूलाई ट्रेनिङ दिन्थेँ । बिहान-बेलुका उपचार हुन्थ्यो । दिउँसो फ्री हुन्थे । त्यही समयमा मैले ट्रेनिङ दिन्थेँ ।'

*****

डाक्टरहरूले अब पनि खुट्टा भाँच्चियो भने काटेर फाल्नुपर्छ भनेपछि उनले विधा फेरे । उनले स्प्यारिङ छोडे । पुम्से रोजे । भन्छन्, 'ग्यारोगी र पुम्सेमा खेल्नुपर्दैन देखाउने मात्रै हो ।'

धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा उनले पुम्सेतर्फ स्वर्ण पदक जिते । त्यसपछि कोरियामा भएको तेस्रो विश्व तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जिते । आठौं विश्व तेक्वान्दो एक्स्पो र नवौं विश्व तेक्वान्दो एक्स्पोमा स्वर्ण पदक जिते ।

सन् २०१४ मा लन्डनमा भएको नवौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा उनले सिल्भर मेडल जिते । त्यसपछि अस्ट्रेलियामा भएको आठौं र नवौं गोलकोस्ट ओपन च्याम्पियनसिपमा उनले स्वर्ण पदक जिते ।

अन्तर्राष्ट्रिय प्रशिक्षक

उनले नेपालमै पनि प्रशिक्षण गराइरहेका थिए । तर उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न मन लाग्यो विश्वको तेक्वान्दोको हेडक्वाटर दक्षिण कोरियाको कुक्वोनमा प्रशिक्षकका लागि उनले परीक्षा दिए ।

लिखित, फिजिकल र टेस्ट सबैमा उनी उत्तीर्ण भए । त्यसपछि उनले नामको अगाडि 'मास्टर' लेख्न पाउने भए ।

ओलम्पिकमा आफूले एउटा मेडल सपना पालेका थिए खड्काले । तर ओलम्पिकमा पुम्से विधा छैन । त्यसपछि उनले सपना फेरे । भन्छन्, 'मेरो सपना अब म मेरो चेलाबाट पूरा गर्न चाहन्छु । त्यसै शिलशिलामा मैले निशुल्क रूपमा अनाथ आश्रमहरूमा तेक्वान्दो सिकाउन थालेँ । रक्षा नेपालका बालबालिका तथा चेपाङ बालगृहमा पनि सिकाएँ ।'

सधैं उनलाई बाहिर डुल्दै सिकाएर पत्तो चलेन र वृहत्तर रूपमा सोचे । अनि खोले- नेप्लिज तेक्वान्दो एकेडेमी ।

अहिले खड्काले डाँछीमा उक्त एकेडेमीमार्फत ५० जनालाई प्रशिक्षण दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय रेफ्री

सन् २०१८ को सेप्टेम्बरमा विश्व तेक्वान्दोले भारतमा रेफ्रीसम्बन्धी एउटा सेमिनार आयोजना गर्ने भयो ।  खड्काले तेक्वान्दो संघमा 'रेफ्री परीक्षाका लागि सिफारिस गरी पाउँ' भन्दै निवेदन दिए ।

संघले उनको निवेदन स्वीकृत गर्‍यो । उनले ग्यरोगी र पुम्से दुवै विधामा भाग लिए । दुवै विधामा उत्तीर्ण पनि भए ।

सफलता सुनाउँछन्, 'रेफ्री कोर्ष अन्तर्गत दुवै विधामा एकैपटक उत्तीर्ण हुने म नेपालको पहिलो व्यक्ति पनि बनेँ । पुम्से विधामा उत्कृष्ट रेफ्री पनि घोषित भएँ ।'

त्यसपछि जर्मन र अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरे ।

त्यसैक्रममा उनले जापान र जर्मनमा बेस्ट रेफ्रीको उपाधि पाए ।

उनलाई आगामी साफ गेमका लागि संघले रेफ्रीको लागि सिफारिस गरिसकेको छ । पुम्से र ग्यरोगी दुवै विधाका रेफ्री खड्का साफका लागि आफू चयन हुनेमा ढुक्क छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x