काठमाडौं–कारोबारका आधारमा साताको अन्तिम दिन शुक्रवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाली बजारमा शुक्रवार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
बिहीवारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले ओरालो लागेको छ । बिहीवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रवार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासँघका अनुसार, शुक्रवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता