सामसङको ग्यालेक्सी ए१०एस नेपाली बजारमा

काठमाडौं– सामसङले ग्यालेक्सी ए१०एस नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो ग्यालेक्सी ए सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो ।  ग्यालेक्सी ए१० एस मा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा  फिंगर प्रिन्ट स्क्यानर विद्यामान छन्, जसले गर्दा ग्राहकलाई अतुलनीय अनुभव प्रदान गर्ने छ । 


Advertisement

नयाँ ग्यालेक्सी ए१० एस मा ६.२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ । यसमा प्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सकिने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एसमा ४ हजार एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिमा मद्दत गर्दछ । 


Advertisement

मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एस मा ड्युअल रियर क्यामरा सेटअप गरिएकोछ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ । ग्यालेक्सी ए१० एसको ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ ।

ग्यालेक्सी ए१० एस मा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएकोछ जसले गर्दा सफा एवं आकर्षक सेल्फी खिच्न सकिन्छ ।  ग्यालेक्सी ए१० एस एक उच्चस्तरीय मल्टीटास्कर हो । मल्टिटास्किङ्गको लागि यसमा अक्टाकोर प्रोसेसर राखिएको छ । ग्यालेक्सी ए१० एस मा अधिक सेक्युरिटिज सुविधाहरु जस्तैः पिङ्गगर प्रिन्ट स्क्यानर तथा फेस अनलग रहेको छ ।
 
सामसङ ग्यालेक्सी ए१० एस यही असोज ६  गतेदेखि रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद  गर्न सकिने कम्पनीले बताएकाे छ । यसको खरिद मूल्य रु. १६ हजार ७ सय ९० रुपैयाँ  तोकिएको छ ।  यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।

कमेन्ट गर्नुहोस्