कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं — मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गर्ने गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन ।
अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ ।
तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ ।
दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो ।
असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे ।
अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो ।
अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो । असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो ।
असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो । धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन ।
त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो । दूबो खाएपछि गणेशजीको पीडा शमन भयो । त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो ।
गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मान्नुभएन । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो ।
राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो ।
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...