काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् ।
बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा हरिभक्त सिग्देललाई नियुक्त गरेको हो ।
सिग्देलको नियुक्ति आगामी वार्षिक साधारण सभासम्मको लागि रहेको छ । नवनियुक्त सञ्चालक हरिभक्त सिग्देलको सरकारी र प्राइभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखा, १३१ शाखारहित बैंकिङ सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएममार्फत ग्राहकमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
लोकान्तर संवाददाता