०२ साउन २०८३, शनिबार

को दोषी र को निर्दोष हो भन्ने अधिकार प्रधानमन्त्रीलाई छैन – डा. शेखर कोइराला

कात्तिक १५, २०७६
को दोषी र को निर्दोष हो भन्ने अधिकार प्रधानमन्त्रीलाई छैन – डा. शेखर कोइराला

बुटवल- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको बताएका छन ।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश नं ५ ले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले  गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो वर्तमान सरकारबाटै रहेको र सरकारकै कारण मुलुक अतिराष्ट्रवाद र उग्रराष्ट्रवादमा  परेको बताएका हुन् ।

संविधान प्राप्तिको यात्रामा नेपाली कांग्रेस विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले वाइडबडी प्रकरणमा प्रधानमन्त्री ओलीले तत्कालीन पर्यटनमन्त्री निर्दोष रहेको भनी दिएको अभिव्यक्ति स्मरण गर्दै भने, ‘त्यतिबेलाका पर्यटनमन्त्री अधिकारी निर्दोष हुन् भने दोषीको हो ? प्रधानमन्त्रीले भन्नु पर्‍यो नि !’

कुन कसुरमा को दोषी र को निर्दोष हो भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले प्रधानमन्त्री ओली आफै अख्तियारको प्रमुख र प्रधानन्यायाधीश बन्न खोजेको आरोप लगाए । 

नेता कोइरालाले न्यायालय, अख्तियार र मानवअधिकार आयोगमा समेत सरकारको छायाँ परेको र त्यो लोकतान्त्रिक पद्दतिका लागि नै खतरापूर्ण रहेको टिप्पणी गरे ।

पार्टीको प्रसंगमा नेता कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने पनि बताए । पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएकोतर्फ संकेत गर्दै उनले पार्टी तदर्थवादबाट चल्न नसक्ने बताएका हुन् ।

पार्टीमा कोही नेता कार्यकर्ताहरुलाई अन्याय भएको छ भने अब त्यसो हुन नदिने दृढता व्यक्त गरे । आगामी तीन वर्षमा आमनिर्वाचन हुने भएकाले त्यसका लागि अहिलेदेखि नै  स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिए ।

विचारको राजनीतिमा गुट उपगुट हुन सक्ने भन्दै उनले पदको बाँडफाँडका लागि गरिने गुट उपगुट स्वीकार्य नहुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले सन् १९५० को सन्धीको प्रावधानमा टेकेर आफ्नो लगानीमा भारतमा विद्यालय सञ्चालन गरेको र  विद्यालयको अध्यक्ष भएकै भरमा आफुलाई भारतीय नागरिक भएको भनी झुटो प्रचार गरिएको बताए । उनले आफुमाथि लगाइएको अभियोग प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्