पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कात्तिक १७, २०७६
सुर्खेत – नेपालीका मुख्य चाडपर्व दशैं, तिहार र छठ आसपास यात्रुले सहज यात्रा गर्न पाउँदैनन् ।
चाडपर्वका बेला घर जान र कार्यस्थल फर्कन युद्ध नै लडेको जस्तो आभाष हुने गरेको कालिकोटका सञ्जय रावल बताउँछन् ।
‘कात्तिक १७ गते आइतवारबाट विद्यालय सञ्चालन हुने भएका कारण जितेगडाबाट सुर्खेत आउनुपर्ने बाध्यता थियो,’ शनिवार सुर्खेत बसपार्कमा भेटिएका रावलले भने, ‘नेपालगञ्जसम्मको महंगो भाडा तिरेर पनि बसमा उभिएरै सुर्खेत आइपुगें ।’
जुम्ला, मुगु, कालिकोट, अछाम, दैलेख जिल्लाबाट सुर्खेत, बाँके र काठमाडौं जानुपर्ने यात्रुले सोचेको जस्तो यात्रा गर्न नपाउँदा हैरानी व्यहोर्दै आइरहेका छन् । अछामको चिसी घर भएकी रीता ढकालले शुक्रवार बिहान ९ बजेदेखि दैलेखको आठबीस नगरपालिकाको टुनिबगरमा गाडी कुर्दाकुर्दा सिट नै पाइनन् ।
सुर्खेतको निजी विद्यालयमा अध्यापनरत ढकाललाई शनिवार वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता भएका कारण उनले पनि नेपालगञ्जसम्मकै भाडा तिरेर बसमा ठेलमठेल भएर आउनुपर्ने अवस्था आयो । सुर्खेतमा बसबाट झर्दा उनले बसको टिकट पाइनन् । उल्टै नेपालगञ्जसम्मको भाडा ७५० रुपैयाँ तिरेर सुर्खेत आइपुगिन् ।
रेडियो नेपाल काठमाडौंमा कार्यरत पत्रकार राजेन्द्र शाहीले पनि बस सहज उपलब्ध नहुँदाको पीडा भोग्नुपर्यो । ‘शुक्रवारबाट बसको टिकट बूक गर्न खोजिरहेको थिएँ काठमाडौंका लागि तर कतै पनि भेटिएन,’ उनी भन्छन्, ‘कात्तिक १८ गतेभन्दा पहिला बसको टिकट पाउने सम्भावना नै नभएपछि बाध्य भएर जहाज चढ्न नेपालगञ्ज जाँदैछु ।’ उनी शनिवार नेपालगञ्ज पुगिसकेका छन् ।
चाडपर्वका बेला यात्रुको आवतजावत बढी हुने र यात्रुको अनुपातमा बसको उपलब्धता नभएका कारण हरेक वर्ष यात्रुले सास्ती भोग्दै आएका छन् । सडकको नाजुक अवस्थाले यात्रुलाई झनै अप्ठ्यारो पार्ने गरेको छ । दैलेखको आठबीस–४ राकम कर्णालीका ललित माझी भन्छन्, ‘वर्षा लाग्यो कि पहिरोले राजमार्ग अवरुद्ध हुने, हिउँदमा धुलाम्य सडक हुने, गाडी बिग्रेर बीच बाटोमा नै अलपत्र पर्ने बानी नै बसिसक्यो कर्णालीको,’ उनी भन्छन्, ‘यो बाध्यता नभइ रहर भएको जस्तो भइदियो । प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकार के गर्दैछन् ? हामीलाई थाहा छैन ।’
देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले यातायातका साधन अभाव भएका कारण चाडपर्वमा समस्या देखिएको बताए । ‘गाडी चल्ने बसपार्कबाटै यात्रु भरिएर आएका हुन्छन् । नेपालगञ्ज, महेन्द्रनगर जाने यात्रु भरिएका हुन्छन्,’ उनले भने, ‘बाटोको अवस्था नाजुक भएका कारण पनि बढी यात्रु ल्याउन नमिल्ने र यात्रुले कुर्नुपर्ने अवस्था सिर्जना भएको होला ।’
उनले सुर्खेतका यात्रुबाट नेपालगञ्जसम्मको भाडा नलिएको दाबी गरे । ‘कसैले सुर्खेत आउने व्यक्तिबाट नेपालगञ्जको भाडा काटेको छ भने टिकट ल्याउनुहोस्, हामी कारवाही गर्छौं,’ उनले भने, ‘टिकट नभएसम्म हामीले कसलाई कुन आधारमा कारवाही गर्नु ?’
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...