×

NMB BANK
NIC ASIA

टीकापुर राजबन्दी सहयोगार्थ मुठी दान अभियानको थालनी

कात्तिक १९, २०७६

NTC
Premier Steels

धनगढी - टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताइरहेका व्यक्तिहरुको सहयोगार्थ मुठी दान अभियान सुरु गरिएको छ ।

Muktinath Bank

थरुहट÷थारुवान राष्ट्रिय मोर्चा जिल्ला संयोजन समिति कैलालीले मंगलबारदेखि सो अभियानको थालनी गरेको हो । धनगढी उपमहानगरपालिका–१९ फूलवारी घर भएका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको घरबाट अभियानको थालनी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयोजक थारुका दाजु नयन चौधरीले १ क्वीन्टल धानबाफत हुन आउने २ हजार रुपैया गाउँका भलमन्सा (गाउँ प्रमुख) लबरु चौधरीलाई हस्तान्तरण गरेर अभियानको थालनी गरेका हुन् । पहिचानको अधिकारको लडाईको क्रममा अझै ११ जना जेल जीवन भोगिरहेको बताउँदै संयोजक थारुले हालसम्म कानूनी लडाईको क्रममा अदालतमा मात्रै ४० लाख खर्च भैसकेको जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

जिल्ला अदालत कैलालीमा थुुनछेकको बहसको क्रममा मात्रै १० लाख खर्च भएको उल्लेख गर्दै उनले हालसम्मको कानूनी लडाइ र जेलबन्दीको परिवारजनको जिविकोपार्जनमा व्यक्तिगत तथा केही सहयोगी पक्षको सहयोग धानेको बताए ।

Vianet communication

तर त्यतिले सम्भव नभएपछि र गत भदौ ७ र ८ गते टीकापुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट जारी टीकापुर घोषणापत्रमा उल्लेख भए अनुसार राजबन्दी परिवारहरुको सहयोगार्थ मुठी दान सुरु गरेको स्पष्ट पारे । अभियान देशभर सञ्चालन गर्ने बताउँदै उनले संकलित रकम राजबन्दी परिवारको जिविकोपार्जन तथा बालबालिकाहरुको शिक्षादीक्षामा खर्च गरिने जानकारी दिए ।

यसैबीच मोर्चाका कैलाली संयोजक माधव थारुले गाउँ–गाउँमा भलमन्साहरुको अगुवाइमा अभियान सुरु गरेको जानकारी दिए । संकलित जिन्सी तथा नगद रकम पारदर्शी ढंगले खर्च गर्ने बताउँदै उनले संकलित रकम मोर्चाको केन्द्रीय खाता जम्मा गर्ने र उदेश्य मुताविक खर्च हुने दाबी गरे । यसैबीच मार्चाका केन्द्रीय संयोजक थारुले आफुहरुको थरुहट मुद्धा कायमै रहेको बताए ।

अखण्ड सुदूरपश्चिममा नबस्ने बताउँदै उनले संविधान बनिसकेपछि अब कानूनी तथा संवैधानिक रुपमै अधिकारको लडाइ लड्ने बताए । राजनीतिक अधिकारको लागि छिट्टै ढंगको अभियानको थालनीको सुरुवात समेत गरिरहेको उद्घोष गरे ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । सो घटनामा २७ जना विरुद्ध मुद्धा दायर भएको थियो । २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले ३ जनालाई सफाइ दिने फैसाला ग¥र्यो । सोही फैसाला अनुसार थरुहट नेता लक्ष्मण थारुसहित १२ जना ३ वर्ष जेल भुुक्तान गरि जेल मुक्त भएका छन् । भने रेशमलाल चौधरीसहित ११ जना अजीवन जेल जीवन भोगिरहेका छन् । हाल सो मुुद्धा उच्च अदालत दीपायलमा विचाराधिन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x