×

NMB BANK
NIC ASIA

पिपरा उपनिर्वाचनमा कांग्रेसले बनायो विजय यादवलाई उम्मेदवार

कात्तिक २२, २०७६

NTC
Premier Steels

जनकपुरधाम – महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेस महोत्तरीले विजयकुमार यादवलाई उम्मेदवार बनाएको छ ।

Muktinath Bank

उम्मेदवारको नाम छनौट गर्न बसेको संसदीय बोर्डको बैठकबाट यादवको नाम बहुमतले सिफारिस गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायको अध्यक्षतामा सचिव शम्भु नारायण पाठक, कोषाध्यक्ष किशोर कुमार सिंह, केन्द्रीय सदस्य किरण यादव, कल्याण गुरुङ र सभापतिले मनोनयन गरेको ५ जना सदस्य नागेश्वर यादव, नबल पाण्डे, सुशील कुमार यादव, मोहन पाण्डे, बिन्देश्वर साहसहित १० सदस्यीय बोर्ड गठन गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सभापति रायले क्षेत्रीय र प्रदेश कमिटीबाट १३ जना उम्मेदवारको नाम सिफारिस भई आएको बताए । जसमध्ये ८ जनाले विजय कुमार यादवको नाम बहुमतले पारित भई छनौट गरिएको छ तर संसदीय बोर्डका २ जना सदस्य नागेश्वर यादव र नबल पाण्डेले निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । 

Vianet communication

दुवै जनाले क्षेत्रीय सभापति राघबेन्द्र झाको नाम सिफारिस गरेका भएपनि बहुमत सदस्यले यादवको नाम छनौट गरेकाले यादव नै उम्मेदवार हुने सभापति रायले बताए । ‘नोट अफ डिसेन्ट’ लेख्ने यादव भने यसअघि महोत्तरीको जिल्ला सभापति पदका उम्मेदवार थिए । महेन्द्र कुमार रायबाट उनी पराजित भएका थिए ।

‘अब शुक्रवार पार्टीको जिल्ला कार्यसमितिको बैठकबाट यादवको नाम अनुमोदन भई अन्तिम छनौट हुनेछ,’ सभापति रायले लोकान्तरसँग भने, ‘गाउँपालिकामा जित्न सक्ने उम्मेदवार भएको तथा उनी विगतमा पनि २ पटक जिल्ला कार्यसमिति सदस्य भइसकेको र हाल पनि जिल्ला कार्यसमिति सदस्य रहेकाले उनको नाम छनौट गरिएको हो ।’

यसअघि राम किशोर यादव, विजय यादव, राघबेन्द्र झा, राम एकवाल ठाकुर, मन्जुर आलम, राम पदार्थ झासहित १३ जनाको नाम सिफारिस गरिएको थियो । कांग्रेसको विधान अनुसार १ जनामहिला गरी ३ जना उम्मेदवारको नाम मात्र सिफारिस गर्नुपर्ने परिपत्र भएपनि १३ जनाको नाम सिफारिस गरिएको थियो ।

सिफारिस गरिएका यादव समाजवादी पार्टी नेपालका केन्द्रीय नेता तथा पूर्व कृषि मन्त्री हरिनारायण यादवका भाइ हुन् । दाजु हरिनारायण यादव समाजवादी पार्टीमा छन् भने भाइ विजय यादव नेपाली कांग्रेसमा छन् ।

पिपरामा राजपा पार्टीबाट अध्यक्ष पदमा निर्वाचित विनोद कुमार चौधरीको निधन भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x