×

NMB BANK
NIC ASIA

खेल जीवन

नैतिकता देखाउने फूटबल प्रशिक्षक चेतनारायण

कात्तिक २३, २०७६

NTC
Premier Steels

काठमाडौं –  चेतनारायण श्रेष्ठ एएफसीको 'ए' लाइसेन्स पाउने प्रशिक्षक हुन् ।

Muktinath Bank

उक्त लाइसेन्स प्राप्त गरेपछि एएफसीले आयोजना गर्ने खेलका लागि राष्ट्रिय टीमलाई प्रशिक्षण गर्न पाइन्छ । उनले सन् २०१६ मा 'ए' लाइसेन्स लिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यु-१८ प्रशिक्षक श्रेष्ठ काठमाडौंको नागपोखरीमा जन्मिए । सानैदेखि फूटबल खेल्न रुचाउने उनी आदर्श निम्न माध्यामिकमा भर्ना भए । लगभग १० वर्षको उमेरमै फूटबल विद्यालयका प्रतियोगिताहरू खेल्न थाले । मुमा बडामहारानीको जन्मोत्सवमा फूटबल गेमहरू हुन्थ्यो । त्यहीबेलादेखि आफूले फूटबल खेल्न थालेको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

'स्कूलका प्रतियोगिताहरूमा म फूटबल खेल्थेँ । शिक्षक तथा साथीहरूले मेरो फूटबल स्किललाई मन पराउँथे,' फूटबलमा लाग्नुको कारण बताउँदै उनी भन्छन्, 'सबैले राम्रो खेल्छौ भन्थे । त्यसैको प्रेरणाले म पछि फूटबलर बन्न पुगैँ ।'

Vianet communication

स्कूलका चौरमा खेल्ने श्रेष्ठले विदेशी भूमिका गएर फूटबल हान्न भने यु-१९ कुर्नुपर्‍यो । उनले यू-१९ गेम भारतको चेन्नईमा खेलेका थिए ।

तर उनी विसं २०४८ सालमै यु-१६ को टीममा परेका थिए । उनी भन्छन्, 'उक्त खेल एएफसी खेलाएको थियो ।'

*****

कुनैबेला नेपालको जर्सी लगाएर सिनियर टीमबाट फूटबल खेल्छु भन्ने लागेको थियो त ? उनले जवाफ दिए, '१०-१२ वर्षको उमेरमा त राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्छु भन्ने सोच आएको थिएन । तर जब यु-१६ खेल्न थालेँ त्यसपछि अब मेहनत गरेर सिनियर टीममा पर्नुपर्छ भन्ने लागेको थियो । अनि मेहनत पनि गरियो ।'

यु-१६ पछि उनलाई अन्नपूर्ण आरसीटीले 'ए' डिभिजन खेल्ने मौका दियो । त्यहाँबाट ५-६ वर्ष फूटबल खेले । वैजु कपाली कोच थिए । उनले एक्पोजरको भूमिका निभाएको श्रेष्ठ सम्झिन्छन् । भन्छन्, 'वैजु कपालीको कोचिङले नेसनल टीममा पुग्न ठूलो मद्दत गर्‍यो ।'

उनले जनकपुर चुरोट कारखाना, मनाङ मर्स्याङ्दी, एनआरटी र श्रीस्टारबाट पनि व्यावसायिक फूटबल खेलेका छन् ।  

उनीसँग अन्तर्राष्ट्रिय क्लबबाट लीग खेलेको पनि अनुभव छ । सन् १९९४ मा बंगलादेशमा उनले वन्डर्स क्लबबाट खेलेका छन् ।

२०५६ मा भएको 'ए' डिभिजन लीगमा आफू एनआरटीमा हुँदा क्लब उपविजेता भएको उनले बताए । सफलता सुनाउँछन् उनी, 'क्लब उपविजेता हुँदा म हाइस्कोरर समेत भएको थिएँ ।'

उनले यु-१९ मा हुँदा जर्मनमा एक महिना लामो टूर गर्दा आफूले ११ म्याचमा ८ गोल हानेको समेत बताए ।

******

१९९४ मा राष्ट्रिय टीमका लागि मलेसियामा उनी एक महिना क्लोज क्याम्प गए । पछि वर्ल्डकप क्वालिफाइङ राउन्ड अन्तर्गत ओमानमा जापानसँग उनले डेब्यू गरे । तर डेब्यू म्याचमा उनले एकछिन मात्रै खेल्न पाए । डेब्यू सम्झन्छन् उनी, 'सेकेन्ड हाफमा खेलेको थिएँ । धेरैबेर खेल्न पाइनँ ।'

उनका अनुसार त्यो बेला जापान निकै बलियो  थियो । जापानले नेपालविरुद्ध पाँच गोल हान्दा नेपालले जम्मा एकपटक मात्र उसको पोस्टमा प्रहार गरेको उनको स्मरणमा ताजै छ । 'जापानको पोस्टमा एक मात्र चार्ज गर्ने खेलाडी थिएँ म । त्यो बेला जापानसँग नेपाल ५-० ले पराजित भएको थियो,' उनी भन्छन् ।

अन्तर्राष्ट्रिय गोलको रूपमा इस्ट बंगाललाई गभर्नर्स गोल्डकपमा हानेको गोल निकै यादगार रहेको उनी बताउँछन् । पुराना दिन सम्झँदै भन्छन्, 'त्यो बेला हाम्रो देवनारायण चौधरी इस्ट बंगालबाट खेल्थे । भाइचन भुटिया पनि त्यहिँबाट खेल्थे । त्यो टीमलाई जित्दाखेरि मैले गोल गरेको थिएँ ।'

कर्नरबाट आएको बल फ्लिक भएको र त्यसलाई आफूले हेडमार्फत गोल गरेको उनले बताए ।  त्यो गोल हानेपछि गेम सकिन्थ्यो । त्यो बेलामा गोल्डेन गोल भनिन्थ्यो । १-१ को बराबरीमा खेल भइरहेको थियो । एक्स्ट्रा टाइममा गोल भएपछि खेल सकिन्थ्यो ।

*****

सन् २०१६ मा उनले एएफसीको 'ए' लाइसेन्स लिएका थिए ।  जुन प्राप्त गरेपछि नेसनल टीमलाई कोचिङ गर्न पाइन्छ । उनका अनुसार यसको कोर्ष अवधि तीन महिनाको हुन्छ । दुई वटा थ्योरी र तीन वटा प्राक्टिकल एक्जाम दिनुपर्छ ।

'ए' लाइसेन्स लिनका लागि पहिला 'सी' र 'बी' लाइसेन्स लिनुपर्ने उनले बताए । उनले एएफसी फ्युचर कोचेज कोर्ष पनि पूरा गरिसकेका छन् ।

'राजीनामा दिएको होइन,नैतिकताको जिम्मेवारी लिएको हुँ'

गत वर्ष श्रेष्ठले यु-१८ नेसनल टीमलाई प्रशिक्षण गराएका थिए । त्यसको निरन्तरता यसवर्ष पनि दिए । तर साफ च्याम्पियनसिपमा नेपालले अपेक्षाकृत नजिता हासिल गर्न सकेन । कमजोर मानिने भुटानसँग पराजित भयो । नेपालको खराब रिजल्टको जिम्मेवारी लिए श्रेष्ठले ।

नेपालले हारेपछि एन्फामा निवेदन दिँदै नैतिकताको जिम्मेवारी लिँदै एउटा प्रतियोगिताका लागि आफूले कोचिङबाट 'ड्रप ' लिएको उनले बताए । तर केही मिडियाहरूले राजीनामा लेखेकोप्रति उनको गुनासो रहेछ । भन्छन्- केही मिडियाले नैतिकताको जिम्मेवारी लिँदै यु-१८ प्रशिक्षणबाट श्रेष्ठले राजीनामा लिए भनेर लेखेछन् । तर त्यो होइन ।' 

थप्छन्, 'भुटानसँग हारेका कारण मैले नैतिकताको जिम्मेवारी लिएर अब आउने एउटा टुर्नामेन्टको लागि यु-१८ को प्रशिक्षणको लागि ब्याक हटेको हो । मैले राजीनामा दिएको होइन । मेरो प्रशिक्षण जारी नै रहन्छ ।'

*****

नेपाली फूटबलको विकासका लागि इन्फ्रास्टक्चरले ठूलो अर्थ राख्ने श्रेष्ठको भनाइ छ । 'खेलाडीहरूलाई प्राक्टिस गर्न मैदानको अभाव छ । सेवा सुविधा जोड दिनुपर्छ,' फूटबलका समस्याहरू सुनाउँछन्,'लामो समयसम्म खेलाडीहरूलाई अभ्यास गराउनुपर्छ । त्यो नेपालमा हुन सकेको छैन ।'

धेरैजसो क्लबहरूका आफ्नो मैदान नभएका कारण पनि फूटबल विकासका केही ढिला भएको उनको बुझाइ छ । भन्छन्- त्यसले गर्दा पनि नेसनल टीमको इम्प्रुभमेन्टका लागि असर गर्छ । सरकारले पनि फूटबलमा उतिसारो चासो दिएको पाइँदैन ।

अन्तिममा उनी भन्छन्, 'फूटबलमा राम्रो लगानी हुने हो भने आगामी केही वर्षमै राम्रो नतिजा हासिल गर्न सकिन्छ ।'

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x