×

NMB BANK
NIC ASIA

नेपालगञ्ज सडकको फूटपाथ अतिक्रमणको चपेटामा

कात्तिक २९, २०७६

NTC
फाइल फोटो
Premier Steels

राँझा – नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ ।

Muktinath Bank

चारलेन सडकको बीपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फूटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकको किनारमा रहेको फूटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भएपनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालगञ्ज उद्योग वाणिज्य संघले समेत अतिक्रमणकारीलाई साथ दिएको स्थानीयको गुनासो छ । अतिक्रमण हटाउने अभियानमा उपमहानगरपालिकाले सहयोग र समन्वयका लागि अनुरोध गरेको जानकारी दिँदै संघका अध्यक्ष नन्दलाल वैश्यले फूटपाथ तथा सडक अतिक्रमणमा आफूले सहयोग गर्ने उल्लेख गरे ।

Vianet communication

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सडक तथा फूटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै आएकालाई सूचना जारी गरिसकिएकाले अब सडक तथा फुटपाथमा राखिएका ठेला तथा पसलहरू जफत गरिने बताए ।

‘हामीले धेरै पटकसम्म सडक अतिक्रमण गरी पसल तथा ठेला नलगाउन अनुरोध गर्दै आउँदासमेत अटेरी गरेको हुँदा अब जफत भएका कुनै पनि सामान फिर्ता हुने छैन,’ उनले भने, ‘अतिक्रमणले फूटपाथमा हिँड्ने पैदल यात्रीलाई असुविधा भएकाले यस्तो अभियान चाल्न बाध्य भएका हौं ।’ गत वर्ष उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फूटपाथ हटाउने प्रयास गरेको थियो । 

फूटपाथ अतिक्रमण गरेर व्यापार गर्दै आएका बीपीचोक र पुष्पलालचोक क्षेत्रका व्यापारीले उपमहानगरपालिकाको उक्त कदमको विरोध गरेपछि व्यापारीको विरोधपश्चात उपमहानगरपालिका हच्किएको थियो । फूटपाथ खाली गर्न सर्वपक्षीय र सर्वदलीय बैठकले नै सहमति दिएको थियो ।

चारलेन सडकको दायाँबायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएका कारण सडक दुर्घटना समेत बढेको ट्राफिक प्रहरीका नायब निरीक्षक भीमराज वलीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x