×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीकै गृहजिल्लामा भारतको दादागिरी

मंसिर ६, २०७६

NTC
फाइल फोटो
Premier Steels

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।

Muktinath Bank

यसरी भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौं बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय वासिन्दका अनुसार यहाँको कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशी लगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनि नेपाल सरकारलाई तिरिरहेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

दुई देशको सीमा क्षेत्र कुनै स्तम्भ, बार, वा दशगजाले छुट्याउने गरेको हुन्छ । झापाको पश्चिम दक्षिण गौरीगञ्जस्थित सीमा क्षेत्रमा भने दुई देशको सीमा स्तम्भ नै आश्चर्य लाग्ने स्थानमा गाडिएको छ । झापाको एक सीमा स्तम्भ भने नेपाली बस्तीको बीचमा एक नेपालीको आँगनमा नै गाडिएको छ ।

Vianet communication

भारतको एसएसबी हरेक महिनाको ३ पटकसम्म सीमा स्तम्भ हेर्न आउँछन् । हाम्रो देशका सुरक्षा निकायहरू वर्षौंसम्म सीमा क्षेत्रमा नआएपछि भारतीय सीमा सुरक्षा बलले नै सीमा स्तम्भ सार्ने गरेको स्थानीय बासिन्दाको अनुभव छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा सीमा स्तम्भ गाडिएको छ । पहिला यो क्षेत्र नेपालकै थियो । भारतको सीमा सुरक्षा बलले एसएसबीले २०५५ सालमा यो सीमा स्तम्भ निर्माण गरेको हेमरमले बताए । यो नै हाम्रो देशको सिमाना हो भनेर चाहिँ आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । ‘शुरूमा यो स्तम्भ सानो थियो पछि २०७४ सालमा बाढी आएपछि हामी राहत लिन  बजार गएका थियौं त्यहाँबाट फर्कंदा यो स्तम्भ  ठूलो आकारमा देखेका हौं । हामीले सामान्य केही किला वा कुनै ठूलो ढुङ्गामा रङ लगाएको वस्तु मात्र सम्झेका थियौं,’ उनले भने ।

गौरीगञ्जको पिण्डालघुटुमा मात्र होइन त्यहाँदेखि करिब एक किलोमिटर पूर्वमा पनि १९७९ सालमा निर्माण गरिएको जङ्गे पिल्लर नेपाली भूमिमा सारिएको छ । स्तम्भ नम्बर २६ लेखिएको सो स्तम्भ भएको ठाउँ नेपाली भूमि भएको तर अहिले यहाँ भारतीय नागरिकले कब्जा गरेर  खेती गर्न शुरू गरेको स्थानीय तथा गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका जेठा मुर्मुले बताए । 

२०५५ सालअघिसम्म कमल खोलाको पूर्वी किनारबाट शुरू हुने नेपाल भारतको सिमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पुर्‍याइएको छ । मुर्मका अनुसार २०५५ सालअघिसम्म नेपाल भारतको सीमा नजिकै रहेको बलुवाडाँगी गाँउमा साप्ताहिक हाट बजार लाग्ने गथ्र्याे । पछि त्यही हाटको विषयमा नेपाल र भारत पक्षका स्थानीयहरू बीच विवाद सुरु भएपछि भारत पक्षले सो सिमाना पश्चिम सारेको हो ।  

स्थानीय ओमप्रकाश राजवंशीका अनुसारले भने, ‘विवादपछि त्यही समयमा नेपाल र भारतीय पक्षले सीमा नापजाँच गरेका थिए । त्यसपछि भारतीय पक्षले रातारात नेपाली सुरक्षाकर्मीको उपस्थिति नभएको पाइएपछि सिमाना पश्चिम सारेको थियो ।’

नेपाली भू–भाग मिचेर सीमा पश्चिम सारेपछि यसैलाई आधार बनाएर भारतीयहरूले अहिले नयाँ सीमा स्तम्भ वरिपरि दशगजा क्षेत्र मिचेर आलु खेती गरिरहेका छन् । साबिकको आमगाँछी–४ को खेल मैदान पूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकै खेती गरिरहेको राजवंशीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x