×

NMB BANK
NIC ASIA

जाडो याममा बर्डफ्लुविरुद्ध उच्च सतर्कता

मंसिर ७, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ । 

Muktinath Bank

समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउनुपर्ने जैविक–सुरक्षा (बायो सेक्युरिटी), जिल्लाको नाकामा जाँच तथा पक्षीको स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गर्ने निर्णय गरिएको जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए । “पशुपक्षी ओसारपसारका क्रममा विशेष सुरक्षा अपनाउन सरोकारवाला निकायलाई सेचत गराइन्छ”, उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार यसअघि पनि कानूनीरुपमा दर्ता तथा बीमा गरी व्यवसाय सञ्चालन गर्न पटकपटक अनुरोध गरिएको छ । 


Advertisment
Nabil box
Kumari

काभ्रेमा गत वैशाख महिनाबाट बर्डफ्लु रोगविरुद्धका सचेतना अभियान पटकपटक गरिँदै आइएको छ ।

Vianet communication

गत वैशाख १९ गते स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक गरेयता यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएपछि रोगविरुद्ध यहाँ सचेतना अभियानलाई तीव्र पारिएको हो । त्यसयता केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम गरिसकेको छ । 

मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । विभिन्न परीक्षणपछि गत वैशाख १७ गते प्राप्त प्रतिवेदनअनुसार ती युवक इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएका कारण मृत्यु भएको जनाउँदै मन्त्रालयले नाम गोप्य राखेको थियो । 

केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै रोगविरुद्धको सचेतना अभियान कार्यक्रमलाई तीव्र पारिने बताए ।

उनले भने, “गत वैशाखमा काभ्रे एक युवाको बर्डफ्लुले मृत्यु भएको खबर पाएदेखि पटकपटक विज्ञ टोलीमार्फत सचेतना कार्यक्रम गर्दै आएका छौँ ।”

सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रममा पाक्दा मासुमा कुनै भाइरस भए मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा जानकारी दिइन्छ ।  

अभियानअन्तर्गत प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दैआएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिने केन्द्र प्रमुख शाहले बताए ।

उनले भने, “हाम्रो प्राविधिक संलग्न टोलीले पुनः किसानको फार्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसंक्रामक (डिस्इन्फेक्टेन्ट) औषधि छर्ने र कुखुरा हेरालुलाई पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाउने छौँ ।” जिल्लाका ३५० किसान व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका छन् । 

यसैबीच, केन्द्रले गत साल चैतमा स्थापना गरेको काभे्रको साँगा, नाला र मङ्गलटार नाकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्टलाई पुनः सक्रिय बनाउने भएको छ ।

चेक प्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइनेछ ।

चेक प्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ । राजकुमार पराजुली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x