×

NMB BANK
NIC ASIA

सुदूरपश्चिमका उत्कृष्ट करदाता : सहकारी सञ्चालकदेखि कुखुरापालक कृषकसम्म !

मंसिर ८, २०७६

NTC
Premier Steels

आन्तरिक राजस्व कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशको ५ जिल्लास्थित उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

Muktinath Bank

आठौं राष्ट्रिय कर दिवसको अवसरमा शनिबार धनगढीमा सो कार्यालयले एक कार्यक्रमका बीच आव २०७४/२०७५ मा जिल्लामै सबैभन्दा बढी कर भुक्तानी गर्ने करदातालाई सम्मान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलाली, डोटी, अछाम, बजुरा र बझाङ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयको उत्कृष्ट करदाताको रूपमा सम्मानित हुनेमा सहकारी संस्थादेखि व्यवसायिक कुखुरापालक कृषक समेत परेका छन् ।


Advertisment
Nabil box
Kumari

सो कार्यालयको आब २०७४/२०७५ कर भुक्तानी प्रतिवेदन अनुसार सुदूरपश्चिमकै प्रमुख व्यापारिक क्षेत्र मानिने कैलालीको ठूला–ठूला व्यावसायिक प्रतिष्ठान, उद्योगिक घरानाहरुलाई उछिन्दै कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले जिल्लाको उत्कृष्ट करदाताको सम्मान ग्रहण गर्न सफल भएको छ ।

Vianet communication

सो संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

२०५२ मा स्थापना भएको सो सहकारी संस्थाको कैलालीमा २१ वटा सेवा केन्द्र रहेको छ । भने ५२ हजार शेयर सदस्य पुगेका छन् ।

१७२ जना कर्मचारी कार्यरत सो संस्थाको वार्षिक कारोबार ३ अर्ब १५ करोड पुगेको छ । भने पूँजी कोष ३० करोड नाघेको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिए । 

यसअघि पनि जिल्लाको उत्कृष्ट करदाताको रुपमा ख्याति कमाएको सो संस्थाले आब २०७५/२०७६ मा मात्रै ८ करोड मुनाफा कमाएको छ ।

त्यस्तै, अछाम जिल्लामा सबैभन्दा बढी कर भुक्तानी गर्ने करदातामा मोहमद सकिल टे«डर्स एन्ड सप्लायर्स तथा मोहम्मद सकिल कन्स्ट्रक्सन एण्ड सप्लायर्स छनौटमा परेको थियो । सो फर्मका सञ्चालक मोहमद अक्रामुल शेषलाई पनि उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको थियो ।

०६१ देखि भ्याटमा दर्ता भई सञ्चालन हुँदै आएको सो फर्मले वार्षिक ४ देखि ५ करोडसम्मको कारोवार गर्दै आएको छ ।

बझाङ जिल्लाको उत्कृष्ट करदाताको रूपमा सोलन पोल्ट्री फर्म तथा सुलोन इन्टरप्राइजेज हुन सफल भएको छ । युवा उद्यमी नरेन्द्रबहादुर खड्काद्वारा सञ्चालित सो फर्मले कुखुरापालन, कुखुराको दाना खरिदबिक्री गर्दै आएको छ ।

०६७ देखि बझाङमा कारोबार शुरू गरेको फर्मले वार्षिक ४ करोड बढीको कारोबार गर्दै आएको छ । फर्मका सञ्चालक खड्का बझाङस्थित रेडियो जनमुखी एफएमको अध्यक्ष पनि हुन् ।

डोटी जिल्लामा व्यवसायी जंगबहादुर रावलद्वारा सञ्चालित जेबी टे«डर्स जिल्लाकै उत्कृष्ट करदाता हुन सफल भएको छ । भने बाजुरा जिल्लामा फुगी जैसीद्वारा सञ्चालित डीबी खाद्य आपूर्ति अडर एन्ड सप्लायर्स तथा डीबी कन्स्ट्रक्सन एन्ड सप्लायर्स जिल्लाको उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको हो ।

ती ५ जिल्लाका उत्कृष्ट करदाताहरुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x