×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीमाथि अझै संक्रमणको खतरा, चिकित्सक भन्छन् : मिर्गौला प्रत्यारोपणमा समेत समस्या आउन सक्छ

मंसिर १२, २०७६

NTC
Premier Steels

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै ‘पूर्ण खतरामुक्त’ नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

Muktinath Bank

उनीहरूका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् छ । ‘हाल शल्यक्रियाको माध्यमले पेट सफा गरेर संक्रमणको स्रोत हटाएका छौं,’ उपचारमा संलग्न चिकित्सक भने, ‘अहिले एन्टिबायोटिक दिएर संक्रमण नियन्त्रण गर्ने प्रयास जारी छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बुधबार राति ७ बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जनाएका छन् । ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । त्यसअघि बिहान साढे १० बजे सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा रहेको जनाइएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको मंगलबार ल्यापरोक्टोमी (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र एपेन्डेक्टोमी (एपेन्डिक्स हटाउने शल्यक्रिया) गरिएको थियो । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा बुधबार सुधार देखिएको छ,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर उनलाई अझै पूर्ण खतरामुक्त भन्न सकिँदैन ।’ प्रधानमन्त्रीको स्वास्थ्य मंगलबार जस्तो गम्भीर नरहेको जनाउँदै बुधबार अझ स्थिर भएको उनले बताए । जोखिम कम भएपछि प्रधानमन्त्रीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको थियो । प्रधानमन्त्रीको रक्तचाप निकै घटेपछि मंगलबार उच्च गराउने तीनथरी औषधि दिइएको थियो । ती औषधि राति अबेर बन्द गराइएकामा बुधबार बिहान कम मात्रामा फेरि चलाइएको छ ।

Vianet communication

प्रधानमन्त्रीलाई मंगलबार राति ‘कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी’ (सीआरआरटी) गरिएको थियो । सीआरआरटी निकै कमजोर अवस्थाका मिर्गौलाका बिरामीहरूमा गरिने एक प्रकारको डायलसिस हो । सीआरआरटी बुधबार पनि दोहोर्‍याइएको छ ।

ओलीलाई हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) दिइराखिएको छ । मल्टिड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) अवस्था आइपरे यस्तो औषधि एक साताभन्दा बढी समय दिनुपर्न सक्ने ती चिकित्सकले जनाए । प्रधानमन्त्रीलाई बुधबार तरल पदार्थ मात्र खान दिइएको थियो ।

चिकित्सकहरूका अनुसार शल्यक्रियापछि स्थिति सुधारोन्मुख देखिए पनि संक्रमणको जोखिम अझै छ । ‘शरीरको प्रतिरक्षा प्रणाली कमजोर रहेकाले ओलीलाई निमोनिया, फंगल र भाइरललगायत संक्रमणको जोखिम रहन्छ,’ चिकित्सक भन्छन्, ‘त्यसो भयो भने स्थिति नियन्त्रण गर्न धेरै गाह्रो हुन सक्छ । एपेन्डिक्स फुटेर फैलिएको संक्रमण हटाउन पेटको ठूलो शल्यक्रिया गरिएकाले भविष्यमा मिर्गौला प्रत्यारोपणमा समेत समस्या आउन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x