×

NIC ASIA

प्रदेश ५ को प्रदेशसभा सदस्यहरुले व्याप्त लैंगिक हिंसाका घटना रोक्न अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । चालु आर्थिक वर्षलाई लैंगिक हिंसा विरुद्धको वर्ष अभियानका रुपमा प्रचारमुखी, दवावमुखी र परिणाममुखी कार्यक्रम गरेर हिंसाको अनुपात घटाउने उनीहरुले दावी गरे ।

Muktinath Bank

प्रदेशसभा सचिवालयले सोमबार बुटवलमा आयोजना गरेको लैंगिक हिंसा विरुद्धको अभियानमा प्रदेशसभा सदस्यहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनीहरुले लैंगिक हिंसामा महिला हिंसा अधिकांश रहेकाले त्यसलाई हटाउन अभियान चलाउने बताए । यसकालागि ३ तहका सरकारबीच लैंगिक योजना निर्माण, बा“डफा“ड र कार्यान्वयनमा समन्वय गर्ने तथा नागरिक समूह र गैरसरकारी संस्थाको परिचालन र अभियानलाई परिणाममुखी बनाउने उनीहरुले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसभामुख कृष्णी थारुले राज्यबाट न्याय, सुरक्षा र संरक्षणको ग्यारेण्टी नहुदा हिंसा भोगेर पनि कसैलाई नबताउने अवस्था हुन नहुने बताइन् । प्रदेशमा महिलाको छुट्टै संरचना नहुदा महिलाका मुद्दा उठाउन र सुनुवाई गर्न समस्या रहेको बताउदै उनले भनिन्, ‘प्रदेशमा छुट्टै महिला कार्यालय वा तदर्थ समिति खोल्न पनि सरकारलाई आग्रह गर्ने छौं ।’


Advertisment
Nabil box
Kumari

आन्तरिक मामिला तथा कानुन समिति सभापति दामा शर्माले लैंगिकता र महिला हिंसाका मुद्दा सम्बोधन गर्न आवश्यक ऐन, नीति, संरचना र बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताइन् । त्यसकालागि योजना तर्जुमादेखि बजेट निर्माण र कार्यान्वयन तहसम्म निगरानी र अनुगमन बढाउने उनले बताइन् । ‘महिलाका कुरा महिलाले मात्रै उठाउनुपर्छ भन्ने छैन । पितृसत्ताको खोल फालेर यस अभियानमा पुरुष प्रदेश सभा सदस्यहरुलाई पनि लगाउनेछौं ।’ उनले भनिन् । 

Vianet communication

पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले योजनाले लक्षीत वर्ग भेटाउन र दिगो एवं भरपर्दो माध्ययमबाट लैंगिक विकास गरेर महिला हिंसा घटाउने बताइन् । समयस“गै हिंसाका स्वरुप फेरिएकाले त्यसअनुसार सम्बोधन गर्ने नीति, कार्यक्रम  र कार्यान्वयनको अवस्था ल्याउन सबै प्रदेश सभा सदस्यहरुले भूमिका बढाउने उनले दावी गरिन् । कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेले लैंगिक हिंसा महिलाको मात्रै समस्या नभएर समाज र प्रदेशकै समस्याका रुपमा उठाउने बताए । जनसंख्यामा ५० प्रतिशत धेरै महिलाहरु हिंसामा बाच्नुपर्ने अवस्था रोक्न जनचेतना, शिक्षा, रोजगारी र पैरवीका कार्यक्रम गर्ने उनले बताए ।

कार्यक्रममा पत्रकार अमृता अनमोलले प्रदेशमा लैंगिक हिंसा र महिला सशक्तिकरणको अवस्था र प्रदेश सभा सदस्यहरुको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x