हात्तीले धान खान थालेपछि गाउँले हैरान

फाइल तस्वीर

सप्तरी- धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताए । 


Advertisement

धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयले बताएका छन् । हात्तीको समूहले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको कोबी नोक्सान गरी दिएको स्थानीय सरस्वती चौधरीले बताइन् । 


Advertisement

कमेन्ट गर्नुहोस्