×

NMB BANK
NIC ASIA

सोनी, जी र कलर्स च्यानलको अवैध प्रसारण रोकिने, कारवाहीको दायरामा ल्याइँदै

मंसिर २३, २०७६

NTC
Premier Steels

अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भइरहेको पाइएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरामा ल्याउने भएको छ ।

Muktinath Bank

सूचना तथा प्रसारण विभागले आइतवार अवैधरूपमा भारतीय च्यानल प्रसारण गर्ने डिभाइन स्ट्रीम नेटवर्क प्रालि (मेरो टिभी) लाई अवैधानिक च्यानल बन्द गर्न पत्राचार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मंसिर १७ गते समेत विभागले संस्थालाई त्यस्तो पत्र काटेको थियो । विभागले सोनी, जी र कलर्स लगायतका विदेशी च्यानलको आधिकारिक सिग्नल वितरक रियलटेक नेटवर्क प्रालि र डिजिटल सिस्टम प्रालि काठमाडौंसँग सम्झौता नगरी अवैधानिक माध्यम र साधन प्रयोग गरी ती विदेशी टेलिभिजन च्यानलका प्याकेज सञ्चालन गरेको पाइएको जनाएको थियो । 


Advertisment
Nabil box
Kumari

सरकारलाई तिर्नुपर्ने राजस्व समेत चुहावट भएको, ग्राहकले निर्वाधरूपमा च्यानल हेर्न नपाउने, कहिले नचल्ने, कहिले चल्ने, बन्द हुने आदि समस्याले ग्राहकलाई पैसा तिरे पनि उक्त च्यानल हेर्न नपाएको विभागको पत्रमा उल्लेख छ । 

Vianet communication

रियलटेक नेटवर्क प्रालि र डिजिटल सिस्टम प्रालिका सञ्चालक शिव निरौलाले आफूहरूले आधिकारिक रूपमा ल्याएको विदेशी च्यानलको अवैध प्रसारण भइरहेको र कारवाहीसमेत हुन नसकेकोमा गुनासो गरे । ‘सरकारको निर्देशन र पत्राचारलाई समेत मानिएको छैन, जसका कारण ग्राहकले गुणस्तरीय टेलिभिजन च्यानल हेर्न पाएका छैनन् भने राजस्वमा समेत घाटा परेको छ,’ निरौलाले भने । 

कारवाहीका लागि पत्र काटिएको डिभाइन स्ट्रीम नेटवर्कका अध्यक्ष होम पाण्डेले भने आफूहरुले कुनै पनि अवैध काम नगरेको बताए । आफू बिरामी भएर अस्पतालमा रहेको भन्दै उनले भने, ‘हामीले कुनै गैरकानूनी काम गरेका छैनौं । सरकारलाई जवाफ दिने परे दिऔंला ।’

सरकारले अवैधरूपमा विदेशी च्यानल प्रसारण गर्नेलाई  कानूनी कारवाही गर्ने चेतावनी पटक–पटक दिँदै आएको छ । अवैधरूपमा विदेशी च्यानल प्रसारण गर्ने डिजिटल केवल सञ्चालकको अनुमतिपत्र रद्द गरिदिने सरकारले चेतावनी दिएपनि व्यावहारिकरूपमा भने कार्यान्वयन नभएको रियलटेक नेटवर्कका सञ्चालक निरौलाको जिकिर छ । 

सरकारले ‘क्लीन फिड’ नीति लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा विदेशी च्यानल अवैधरूपमा प्रसारण भइरहेको र त्यसबाट डीटीएच (डाइरेक्ट टु होम) को प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले डिभाइन स्ट्रिम नेटवर्क प्रालिलाई एक साताको समयसीमा समेत दिएको थियो ।

सूचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराईले विभागले आरोपित कम्पनीलाई पत्राचार भएको बताए । ‘हामीले आइतवार पनि पत्र काटेका छौं, यसअघि काटिएको पत्रको जवाफ आएको छ,’ निर्देशक भट्टराईले भने । विभागले आइतवार ३ दिने अवधि राखेर पत्राचार गरिएकाले आरोपी डिभाइन स्ट्रीम नेटवर्कले जवाफ दिने विश्वास व्यक्त गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अनधिकृत ढंगले विदेशी च्यानल प्रसारण गर्नेमाथि कडा कारबाही गर्न यसअघि नै निर्देशन दिएका थिए । अनधिकृतरूपले विदेशी च्यानल प्रसारण हुँदा राज्यको राजस्वमा करोडौं घाटा हुने गरेको छ ।

डिभाइन नेटवर्कले मेरो टिभीको नाममा च्यानल प्रसारण गरिरहेको छ । सो संस्थामाथि गत फागुनदेखि नै सोनी पिक्सर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एसिया प्यासिफिकअन्तर्गत विभिन्न सःशुल्क च्यानलहरू अवैध डीटीएचमार्फत प्रसारण गरेको आरोप लागेको छ ।

ती च्यानलको आधिकारिक कारोबार गर्ने संस्था अर्कै भएपनि मोबाइल एप्सको समेत प्रयोग गरी नेपालमा अवैध प्रसारण गरेको पाइएको छ । कूल ७२ विदेशी च्यानल त्यसरी प्रसारण भइरहेको आधिकारिक वितरक रियलटेक नेटवर्कका सञ्चालक निरौलाको दाबी छ ।

राष्ट्रिय प्रसारण नियमावलीमा शर्तबमोजिम काम गर्ने मौका दिँदा पनि अटेर गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ । सम्झौताअनुसार आधिकारिक संस्थासँग अनुमति लिएर त्यसको शर्त पूरा गरेर च्यानल प्रसारण गर्न पाउने भएपनि त्यस्तो नभएको पाइएको विभागको पत्रमा उल्लेख छ । 

विभागले रियलटेक नेटवर्क र डिभाइन नेटवर्कका सञ्चालकलाई सँगै राखेर पटक–पटक छलफल गराए पनि समस्याको समाधान हुन सकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागमा पटक पटक छलफल भएको थियो । रियलटेक नेटवर्कले च्यानल चोरेको आरोप लगाउने तर डिभाइनले आरोप स्वीकार नगर्ने एवं व्यावसायिक विषयसमेत जोडिएको हुनसक्ने विभागको बुझाइ छ । 

विभागले छलफलबाटै समस्याको समाधान होस् भन्ने अपेक्षा राखेको भए पनि हालसम्म कुनै निष्कर्ष ननिस्केको बताइन्छ । मंगलवार समेत सो विषयमा मन्त्रालयमा छलफल गर्ने तयारी छ । विभागले गरेको स्थलगत निरीक्षणमा समेत च्यानल चोरी भएको पाइएको छ । अवैध च्यानल बन्द गराइदिँदा ग्राहक मर्कामा पर्ने भएकाले संवादबाट समस्याको समाधान होस् भन्ने विभागको बुझाइ छ । – रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x